घटना

डोटीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

डोटी । डोटीमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको पुर्विचौकी गाउँपालिका ७ पोखरीको तिनट्टेमा से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा चालक गौरीगङ्गा नगरपालिका ४ ज्ञान बहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको र दुर्घटनामा अछामको चौरापाटी गाउँपालिका ३ का नरबहादुर भुल घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

बिज्ञापन

ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले बताएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।