मलेसियाविरुद्ध नेपालको सहज जित
लोक कल्याणकारी विज्ञापन

काठमाडौ । त्रिकोणात्मक टी.२० सिरिज अन्तर्गत आज भएको नेपाल र मलेसियाको खेलमा नेपालले सहज जित निकालेको छ।
नेपालले मलेसियालाई ७.४ ओभर बाँकी छँदै ६ विकेटले खेल जितेको हो। नेपालले १३.४ ओभरमा ४ विकेट गुमाएर ११७ रन जोडेको हो।
बिज्ञापन

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारीत २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११४ रन जोडेको थियो।
नेपालका लागि दिलिप नाथ नटआउट रहँदै १५ रन र कुशल मल्लले २ रनको योगदान गरे। त्यस्तै आशिफ शेखले ५५, दिपेन्द्रसिंह ऐरीले २१ रन जोडे। यस्तै रोहित पौडेल १२ रन तथा कुशल भुर्तेल १ रन जोडे।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
