राष्ट्रिय समाचार

प्रधानमन्त्रीको चुनावअघि भारतभ्रमण किन ?फर्केपछि सोधौला: पुर्ब प्रधानमन्त्री के.पी ओली

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ:प्रधानमन्त्री शेर बहादुर देउवा शुक्रवार भारत भ्रममामा गएपछि प्रमुख प्रतिपक्ष दलका नेता तथा पुर्ब प्रधानमन्त्री के पी शर्मा ओलीले प्रधानमन्त्री चुनाव अघि भारत भ्रमण जानुको कारण फर्केपछि सोधौला भनेका छ्न।
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज शुक्रवार नयाँदिल्ली पुग्न भएको छ। पुर्ब प्रधानमन्त्री हरु संग सल्लाह छलफल नगरी यसरी औपचारिक भ्रमणमा प्रस्थान भएपछि एमाले अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री के पी शर्मा ओलीले भ्रमण बाट फर्के पछी प्रश्न गर्ने बताएका छ्न

पाचौं पटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो भने नेपालका प्रधानमन्त्रीको पनि पछिल्लो चार बर्षको यो पहिलो भ्रमण नै हो

बिज्ञापन

भारत भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले देशको कुटनैतिक मर्यादामा रहेका तीनवटा महत्त्वपूर्ण परम्परालाई पनि तोडेका छ्न। यसरी तोडेका परम्पराहरुमा ” पहिलो भ्रमण जानुअघि पूर्वप्रधानमन्त्रीहरुसँग गरिने छलफल,दोस्रो भारत भ्रमणका क्रममा देशका प्रधानमन्त्रीले भारत भ्रमण गरिरहदा त्यहाँका कुनैपनी राजनीति पार्टीको कार्यलय हरुमा नजाने पनि हो उक्त मर्यादा पनि देउवाले पालन गरेनन भारतको सत्तारुढ पार्टी भारतीय जनतापार्टी (भाजपा)को कार्यलयमा पनि पुगेका छन।

तेस्रो नेपालको पारम्परिक मर्यादा हो हरेक बर्ष घोडेजात्राको दिन देशका प्रधानमन्त्री र राष्ट्रपति अनिवार्य सहभागी भइ उक्त कार्यक्रमलाई अवलोकन गर्नुपर्ने कृष्ण औंसीको अवसरमा टुडिखेलमा नेपाली सेनाले प्रत्येक वर्ष आयोजना गर्ने घोडेजात्राको विशेषकार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्री उपस्थित भई अवलोकन गर्ने परम्परा वर्षौदेखि रहिआएको छ । तर यसपटक प्रधानमन्त्री देउवा उक्त कार्यक्रममा सहभागीता देखिएन ।

प्रधानमन्त्रीले गरेको हलुँगो प्रभृतीको भ्रमण प्रति नेकपा एमालेका प्रभावसाली नेता भिम रावलले देउवाको भारत भ्रमण प्रधानमन्त्रीको हैसियतमा हो कि कांग्रेस सभापतिको हैसियतमा भएको हो भनी प्रश्न गरेका छ्न?

“शेरबहादुर देउवाको भारत भ्रमण प्रधानमन्त्रीको हैसियतले हो कि, नेपाली कांग्रेसको सभापतिको ? भाजपा कार्यालयमा कुन उद्देश्य र कूटनीतिक मर्यादा पूरा गर्न गइएको हो ? श्रीमती देउवाले भाजपाका विदेश विभाग प्रमुखसँग पारिवारिक सम्बन्ध भएकाले गएको भन्ने समाचार आयो भ्रमण पारिवारिक हो र ? रावलले प्रश्न गरेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।