बिश्वराष्ट्रिय समाचार

आज जनकपुर-जयनगर रेलको उद्घाटन हुँदै ..

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नईदिल्ली :आज मध्यान्ह भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेर बहादुर देउवा र उहाक समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले सयुक्त बटन थिचेर जनकपुर-जयनगर रेलको उदघाटन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शेर बहादुर देउवाले पहिले महात्मा गान्धीको समाधी स्थलमा पुगेर पुष्प अर्पण गरिसकेपछि समकक्षी नरेन्द्रमोदि संग हैद्राबाद हाउसमा औपचारिक भेट गर्ने र त्यसपछि जनकपुर-जयनगर रेलको उद्घाटन गर्ने संगै सोलुकरिडोरको पनि सहमतिगर्दै दिउँसो २ बजे हैद्राबाद हाउसमा पत्रकार सम्मेलनको कार्यतालिका रहेको मालीका समाचार प्रवास ब्युरो हेमन्त अधिकारीले बताए ।

बिज्ञापन

प्रधानमन्त्री र उनका समकक्षी संगको औपचारिक भेटघाट पछि आज औपचारिक कार्यक्रम नरहेको र भारतला उद्योगी व्यावसायि हरुले आइ पी सि मोर्या हाउसमा प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटघाट गर्ने कार्यक्रम रहेको छ भने भोलि प्रधानमन्त्री देउवा भारतको उत्तरप्रदेश बनारसमा मुख्यमन्त्री आदित्यनाथ योगिले स्वागत गर्दै त्यहाँका मठ मन्दिर हरुमा दर्शन गरेर उत्तर प्रदेशमा निर्माण भएको बृद्धआश्रमको उदघाटन गर्ने कार्यक्रम रहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।