घटना

दाङमा इनारमा डुबेर एक जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दाङ । दाङमा इनारमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२ रामपुर निमोरियाका ३४ वर्षीय होमनारायण चौधरी रहेका छन्। चौधरीले आइतबार बिहान साढे ८ बजे इनारमा हामफालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नेपाली सेना र प्रहरी टोली घटनास्थलमा पुगेर शव निकाल्ने काम भइरहेको नेपाली सेना रण सिंह दल गणका प्रमुख सेनानी रवीन्द्र महर्जनले जानकारी दिए ।

इनारमा पानी लगभग २५ फिट भएपनि पानी धेरै भएकोले शव निकाल्न समय लागेको प्रमुख सेनानी महर्जनले बताए । चौधरीले के कारणले इनारमा हाम फालेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एक स्थानीयका अनुसार चौधरीले गाउँमा अनैतिक क्रियाकलाप गरेको जानकारी पाएपछि गाउँलेले छानबिन गर्न बैठक बोलाएका थिए । सोही कारण उनी इनारमा हामफालेको हुन सक्ने स्थानीयको अनुमान छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।