घटना

करणीको आरोप लागेका २६ वर्षीय प्रहरी जवानद्वारा आत्महत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विराटनगर । कर णीको आरोप लागेका प्रहरी जवान मृत भेटिएका छन् । विराटनगर महानगरपालिका–५ घर भएका २६ वर्षीय प्रहरी जवान जितविक्रम दहाल झुण्डिएको अवस्थामा आइतबार बिहान मृत भेटिएका हुन् । दाहालको शव घरनजिकको भोगटेको रुखमा गाम्छाको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतक दाहाल सुनसरीको शुक्रबारे प्रहरी चौकीमा कार्यरत थिए । दाहालमाथि महिलामाथि करणीको प्रयास गरेको आरोप थियो भने उनीविरुद्ध सुनसरी प्रहरीले जबरजस्ती करणी उद्योगको मुद्दा चलाएको थियो । अदालतबाट धरौटीमा छुटेपछि उनी विराटनगरस्थित घरमा बस्दै आएका थिए । गत पुसदेखि निलम्बनमा परेका उनी मुद्दा विचाराधिन रहेकै अवस्थामा मृत भेटिएका हुन् ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।