बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशील
लोक कल्याणकारी विज्ञापन

बैतडी । बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशीलको सुचीमा रहेका छन । १२९ मतदानस्थल मध्ये मतदानस्थल सुरक्षा दृष्टिकोणले अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । जिल्लाका ३४ मतदानस्थल संवेदनशील र ६५ ओटा मतदानस्थल कम संवेदनशीलको सूचीमा रहेका उनले बताए । १० ओटा स्थानीय तह रहेको बैतडीमा २ सय ५ ओटा मतदान केन्द्र रहेका छन् । जिल्लामा १ लाख ४८ हजार ६ सय ६ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
बिज्ञापन

