राष्ट्रिय समाचार

लोसपाका अध्यक्ष्म महन्थ ठाकुर अस्पताल भर्ना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्पताल भर्ना भएका छन् ।

उनलाई भैँसेपाटीस्थित मेडीसिटी अस्पतालमा राखिएको छ ।

बिज्ञापन

पार्टी कार्यक्रमका लागि भैरहवा पुगेका अध्यक्ष ठाकुर बुधबार विहान अस्वस्थ भएका थिए । अस्वस्थ भएपछि उनलाई भैरहवास्थित भीम अस्पताल पु¥याइएको थियो ।

ठाकुर अस्पतालमा आउँदा अक्सिजन लेभल ८६.८८ रहेको, ज्वरो १०३ डिग्री र छातीको एक्सरेपश्चात् निमोनिया देखिएको थियो ।

थप उपचारका लागि उनलाई काठमाडौं पठाउँदा १० लिटरमा अक्सिजन दिँदा अक्सिजन लेभल ९४ पुगेको थियो ।

भैरहवाबाट हेलिकोप्टरमा काठमाडौं ल्याइएका अध्यक्ष ठाकुरको अवस्था अहिले सामान्य छ। उनी मुटु सम्बन्धी समस्याका कारण नियमित चेकजाँच गराइरहेको बताइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।