राजनीति

कुहिसकेको सरकारलाई झार्नु पर्दैन, आफैं झर्छ : ओली

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले वर्तमान सरकार रहेसम्म देशमा आर्थिक उन्नति नहुने दाबी गरेका छन् ।

यस्तै उनले गठबन्धन सरकारलाई कुहिएको फलसँग तुलना गर्दै यो सरकार कुहिएर झर्ने अवस्थामा पुगेको बताए ।

बिज्ञापन

नेता ओलीले भनेका छन्, ‘यो गठबन्धन सरकार कुहिसकेको छ । कुहिएर पनि खत्रक्कै झर्दैन । मज्जाले कुहिसकेपछि आफैं झर्छ । झर्ने समयसम्म हामीले पर्खनु पर्छ । मर्नै लागेको मान्छेलाई पनि प्वाक्क हानेर मारियो भने मुद्दा लाग्छ । यो सरकारलाई हामी ढाल्दैनौं । आफैं झरोस् । आफैं ढलोस् ।’

नेता ओलीले बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको कार्यक्रममा यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आफ्नो पार्टीले राष्ट्रिय आकांक्षा अनुरुप समृद्धि र विकास चाहेको बताएका थिए ।

यस क्रममा उनले नयाँ व्यवसाय गर्न मुस्किल रहेको भन्दै बैंकहरूले पनि व्यवसायका लागि सहयोग गर्नुपर्ने बताएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।