अवर्गीकृत

६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता मासिक पाँच सय पाउने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मर्स्याङदी । मर्स्याङदी गाउँपालिकाका एकल पुरुषले मासिक ५०० भत्ता पाउने भएका छन् । पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक उक्त रकम प्राप्त गर्ने भएका हुन्।


गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भने, ’पालिकामा स्थायीरुपमा बसोवास गर्ने एकल पुरुषलाई पालिकाको मंगलबार बसेको ९६औँ बैठकले गत फागुन महिनादेखि नै लागू हुने गरी सम्मान स्वरुप एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ ।’ एकल पुरुष भए पनि पेन्सन भएकालाई भने यो सेवा उपलब्ध नहुने उनको भनाइ छ ।

बिज्ञापन


पालिका अध्यक्ष गुरुङका अनुसार नौ वडा रहेको यस पालिकामा ९३ एकल पुरुष रहेका छन् । गाउँपालिकाले तीन÷तीन महिनामा भत्ता वितरण गर्ने र निर्णय भएअनुसार गत फागुन महिनासहितको यही चैतको अन्तिममा भत्ता वितरण गर्ने तयारी भइरहेको गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख लक्ष्मी घलेले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।