राजनीति

सुदूरपश्चिम सरकारमा काँग्रेस सहभागी हुने

बिज्ञापन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसलाई पनि सहभागी गराउने तयारी भएको छ । सत्ता गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागिताबारे ठोस सहमति भएपछि यस्तो तयारी भएको हो । त्यसको जानकारी काँग्रेसको प्रदेश समितिलाई पनि दिइएको छ । प्रदेश महामनत्री मेघराज खड्काले सरकारमा सहभागिताबारे छलफल अगाडि बढेको बताए । अहिले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गर्दै आएको छ ।

बिज्ञापन

प्रदेश सरकारमा माओवादी केन्द्रबाट मुख्यमन्त्री, अन्य दुई मन्त्री र एकजना राज्यमन्त्री, एकीकृत समाजवादीबाट ४ मन्त्री र ३ राज्यमन्त्री सहभागी छन् । अब सुदूरपश्चिममा एकीकृत समाजवादीलाई ४, माओवादी र काँग्रेसलाई २–२ वटा मन्त्रालय राखेर अगाडि बढ्ने मौखिक सहमति भएको हो। यस्तै माओवादी र काँग्रेसले १–१ राज्यमन्त्री पनि पाउने सहमति भएको छ ।

नेपाली काँग्रेस सुदूरपश्चिमका संसदीय दलका नेता डा. रणबहादुर रावलले भने सरकारमा सहभागिताबारे ठोस जानकारी नआएको बताए । ‘केन्द्रको गठबन्धनअनुसार काँग्रेस सहभागी हुनुपर्छ भन्नेबारे पटकपटक छलफल त भएको छ,’ उनले भने, ‘तर ठोस सहमति भएको विषयमा जानकारी प्राप्त भएको छैन ।’

बिज्ञापन