राजनीति

एमाले र जनमत पार्टी देश र लोकतन्त्रको लागि घातक : उपेन्द्र यादव

बिज्ञापन

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दुई पटक संसद विखटन गर्ने नेकपा एमाले र विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रको लागि घातक रहेको टिप्पणी गरेका छन् ।

बिज्ञापन

बाराको पचरौता पालिकामा आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने- ‘आफ्नो स्वार्थका लागि राष्ट्रपति पदको दुरुपयोग गरी एमालेले दुई पटक संसद विघटन गर्यो, अहिले पनि जनमत पार्टीको आन्तरिक एजेन्डा मधेश विखण्डन नै छ, यी दुवै दल लोकतन्त्र र सिंगो मुलुकका लागि घातक छन् ।’

यी दललाई परास्त नगरेसम्म लोकतन्त्र र मुलुक सुरक्षित हुन नसक्ने अध्यक्ष यादवको भनाई थियो । कुनै पनि विधेयक संसद बाट पारित भइसकेको अवस्थामा त्यसलाई रोक्ने अधिकार कसैको नरहेको उनले बताए । तर नागरिकता विधेयक रोकेर पूर्वराष्ट्रपति विद्या भण्डारीले लाखौँ युवालाई अवसरबाट बञ्चित गराएको समेत आरोप यादवले लगाए ।

बारा जिल्ला इतिहास निर्माण गर्ने किल्ला रहेको टिप्पणी गर्दै उनले काठमाडौंलाई बसोबासयोग्य बनाउने बाराबासी नै रहेको जानकारी दिए ।

बिज्ञापन