Sudur Pradesh News

सुदूरपश्चिममा १९ जना कोरोना संक्रमित थपिए

बिज्ञापन

धनगढी । सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३८३ जनाको परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

बिज्ञापन

सीमानाकामा गरिएको एन्टीजेन परीक्षणमा संक्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। बिहीबार यस प्रदेशमा ३६ जनामा संक्रमण पुष्टि भएको थयो। यहाँका भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकाहरुमा हेल्थ डेस्क स्थापना गरेर र स्वदेश भित्रिने सबैको कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

सुदूरपश्चिममा हालसम्म ६ लाख ५४  हजार ४७१ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार १८७ जनामा संक्रमण देखिएको छ। 

बिज्ञापन