घटना

गोदावरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु, २ घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । कैलालीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार जिल्लाको गोदावरी नगरपालिका ३ चौकीडाँडामा अत्तरियाबाट गुलरियातर्फ जाँदै गरेको से४प ४७३० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको सुपप्र ०१ ००४ प १११ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा गुलरियातर्फ जाँदै गरेको मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका ५ का २७ वर्षीय लोकेन्द्र पार्की र अन्दाजी ३२ वर्षीय पुरन मडैको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा गएराति नै मृत्यु भएको हो।

त्यस्तै, उक्त मोटरसाइकलका चालक कृष्णपुर ५ कै २१ वर्षीय महेश पार्कीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको बताइएको छ। अर्को मोटरसाइकलका चालक दीपक भट्टको भने ठेगाना नखुलेको र उनको पनि धनगढीमै उपचार भइरहेको बताइएको छ ।

बिज्ञापन

दुवै सवारी अस्थायी प्रहरी पोष्ट चौकीडाँडाको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।