स्थानीय निर्वाचन रोक्न माग गरिएको रिट स्थगितको सूचीमा

काठमाडौं । वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर भएको रिट सोमबार सुनुवाइ नहुने भएको छ ।
सर्वोच्च अदालतले उक्त रिटलाई स्थगितको सूचीमा प्रकाशन गरेको छ । पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले दर्ता गराएको रिटले पेसीको पालो नै नपाएको हो । योसँगै स्थानीय तहको निर्वाचन रोक्न सर्वोच्चवाट आदेश हुन सक्ने आशंका पूरा नहुने भएको छ ।
निर्वाचन आयोगले आचारसंहिता लागू गरेर तयारी तीव्र पारेको अवस्थामा सर्वोच्चको यही मुद्दालाई देखाएर निर्वाचन सर्ने हल्ला केही दिनदेखि चलिरहेको थियो । मुद्दाको अर्को पेसी कहिले हुने भन्ने अहिले नै टुङ्गो लागेको छैन ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

