टीकापुर

आफूले शान्ति सुरक्षाको निम्ति कुनैपनि सम्झौता नगर्ने : हेम बहादुर शाही (प्रहरी नायब उपरीक्षक, टीकापुर)

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । इलाका प्रहरी कार्यलय टीकापुरमा सरुवा भएर आफ्नो जिम्मेवारी निर्भाह गरिरहनुभएका प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले आफूले शान्ति सुरक्षाको निम्ति कुनैपनि सम्झौता नगर्ने बताएका छ्न् ।

सोमबार इलाका प्रहरी कार्यलय टीकापुरमा पत्रकारहरुसंग परिचयात्मक कार्यक्रममा शाहीले राज्यले आफुलाई दिएको शान्ति सुरक्षाको दायित्व बोध गर्ने क्रममा कुनै कसुर नछोड्ने कुरा बताएका हुन ।

बिज्ञापन

उहाँले अगाडि भन्नुभयो– ‘पत्रकार समाजको एैना भएकोले स्वच्छ, पारदर्शी समाचार सम्प्रेषण गर्ने भुमिकामा कटिबद्ध भएर समाचार सम्प्रेषण गर्नुहुनेछ भन्ने आशा लिएको छु ।’ यसमा सबै पत्रकार साथीहरुको ध्यान जानु पर्ने उहाँले बताउनुभयो ।

अपराध अनुसन्धानका क्रममा रहेका सूचनाहरुको गोपीनियताको ख्याल राखेर, शान्ति सुरक्षा स्थापना गर्न पत्रकारहरुको भुमिका रहनुको साथै समाजको अग्रस्थानको जिम्मेवार व्यक्ति भएको हुनाले शान्ति सुरक्षा मात्र प्रहरीको दायित्व नभई समाजमा रहेका सबैको उत्तिकै जिम्मेवारी रहेको, उनले बताए ।

शाहीले भने– ‘हाम्रो सहयोगी भूुमिकाले समाज निर्माणमा अहंम भूमिका रहने बिश्वास लिएको छु र रचनात्मक सल्लाह सुझावको निम्ति अपेक्षा राखेको छु ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।