एमालेले चाह्यो भने सात दिनमा सरकारको जरा उखेलिदिन सक्छ : केपी शर्मा ओली
![](https://i0.wp.com/malikasamachar.com/wp-content/uploads/2024/07/Ad-mobile-banner.jpeg?fit=960%2C150&ssl=1)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अझै पनि चुनाव सार्न खोजेको बताएका छन् । बझाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘खैँजडी सरकार’ भनेका छन् ।
“खैँजडी सरकारले चुनाव रोक्ने प्रयास धेरैपटक गरिसक्यो । अझै प्रयास गर्दैछ,” उनले भने, “अध्यादेश र नक्कली कानुन ल्याएर चुनाव सार्न खोजेको छ । लोकतान्त्रिक अभ्यास अन्त्य गर्न खोजेको छ । देशलाई प्रतिगमनमा लैजान खोजेको छ । यो प्रतिगामी सरकार हो ।”
![](https://i0.wp.com/malikasamachar.com/wp-content/uploads/2024/07/snake-ad-01-nagarpalika.jpeg?fit=720%2C360&ssl=1)
उनले देउवा जहिले जहिले सरकारमा गए पनि लोकतन्त्र बुझाएको इतिहास रहेको बताए ।
“अहिलेका प्रधानमन्त्री जहिले सरकारमा जानुहुन्छ । उहाँले लोकतन्त्र बुझाउनुहुन्छ । प्रधानमन्त्रीज्यू यसपल्ट गठबन्धनलाई चेतावनी दिन चाहन्छु– चुनाव सार्ने खेल नहोस् । यो सरकारले आफूलाई अजम्बरी नसोचे हुन्छ । एमालेले चाह्यो भने सातदिनमा जरा उखेल्न सक्छ । चुनाव विथोल्ने बहाना नपाउन् भनेर सहेर चुप लागेर बसेका छौँ ।”
![](https://i0.wp.com/malikasamachar.com/wp-content/uploads/2023/06/Nagarpalika-header-AD.jpg?fit=728%2C90&ssl=1)