राजनीति

रास्वपासहित गठबन्धनको सरकार बनाऔं : विश्वप्रकाश शर्मा

बिज्ञापन

काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकार गठनमा लचकता अपनाएर भए पनि गठबन्धन टुट्न नदिन आग्रह गरेका छन्।

बिज्ञापन

नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुरा नमिल्दा सत्ता गठबन्धन नै भत्किने हो कि भन्ने आशंका भइरहेका बेला महामन्त्री शर्माले लचकता, सहकार्य र विश्वासको मन्त्र लिएर अघि बढ्नुपर्ने बताएका हुन् ।

सत्तामा नयाँ र अनुभवीको संयोजन हुनुपर्ने भन्दै उनले यही गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि समेट्नुपर्ने धारणा राखेका छन् । सामाजिक संजाल ट्वीटरमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले कसैसँग एक्लो बहुमत नभएको र गठबन्धन गर्दा पनि सामान्य बहुमत नपुग्ने भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई साथमा लिएर सरकार गठन गर्नुपर्ने तर्क गरेका छन्।

गठबन्धनको बैठक जारी रहेकै बेला महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘२/२/१ मा परिपक्वता परिपक्वता छ तर इमानदार कार्यान्वयनका लागि पारदर्शी एकता उत्तिकै जरुरी छ।’

बहुमतसहित सरकार गठनको लागि दावी पेस गर्न राष्ट्रपतिले दिएको सात दिनको समय आज अपराह्न ५ बजे सकिँदै छ। तर गठबन्धनका दलले यस विषयमा अझै सहमति जुटाउन सकेका छैनन्। शुक्रबार देखी सत्तागठबन्धन दलका शीर्ष नेताहरु लगातार छलफलमा छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा प्रधानमन्त्री बन्ने आ-आफ्नो अडान नछोड्दा सहमति निकाल्न सकस परेको हो ।

बिज्ञापन