एआईजीपी केसीलाई सशस्त्र प्रहरी बलको निमित्त प्रमुखको जिम्मेवारी
![](https://i0.wp.com/malikasamachar.com/wp-content/uploads/2024/07/Ad-mobile-banner.jpeg?fit=960%2C150&ssl=1)
काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले अवकाश पाएका छन् । २०७८ चैत २८ गते सोमबार राति १२ बजेपछि चार वर्षे कार्यकाल पूरा हुुने भएता पनि महानिरीक्षक खनालले चैत २८ गते सोमबार कार्यालय समयमै जिम्मेवारी बुझाएर विदावारी भएका छन् । आईजीपी खनालले अवकाश पाएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहीन भएको छ ।
आईजीपी खनालले बुझबुझारथ भने पहिलो नम्बरका आईजीपी पुष्पराम केसीलाई औपचारिक रूपमा संगठन प्रमुखको जिम्मेवारी सुम्पिएर विदावारी भएको स्रोत बताउछ ।
खनाल २७ चैत २०७४ मा सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका थिए । उनले अवकाश पाए पनि सरकारले नयाँ महानिरीक्षकको टुंगो लगाउन सकेको छैन ।
![](https://i0.wp.com/malikasamachar.com/wp-content/uploads/2024/07/snake-ad-01-nagarpalika.jpeg?fit=720%2C360&ssl=1)
सशस्त्र प्रहरीमा अब आउने नयाँ नेतृत्व २१ दिनका लागि मात्रै चयन हुनेछ । हाल एआईजी रहेका दुई जनामध्येबाट सरकारले एकजनालाई सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त गर्नेछ । २१ दिनका लागि नयाँ महानिरीक्षकमा एआईजी पुष्पराम केसी र रामशरण पौडलको दाबी छ ।
दुवैजना खनालकै ब्याचमेट हुन् । ३० वर्षे सेवा अवधिका कारण २०७९ साल १९ वैशाखमा उनीहरूले अनिवार्य अवकाश पाउँदैछन् । त्यसपछि सरकारले पुनः नयाँ नेतृत्व चयन गर्नुपर्ने छ ।
![](https://i0.wp.com/malikasamachar.com/wp-content/uploads/2023/06/Nagarpalika-header-AD.jpg?fit=728%2C90&ssl=1)