आस्था /आध्यात्म

डोटीको दिपायलमा सत्संग कार्यक्रम सम्पन्न

बिज्ञापन

दिपायल, २८ चैत्र । सन्त निरंकारी मण्डल दिल्लीबाट आउनु भएका गीतकार जगत सिंहको प्रमुख आथित्यमा डोटीको दिपायलमा सत्संग कार्यक्रम सम्पन्न भएको छ ।
सत्संगमा उपस्थित संयौं सन्तहरुलाई सम्बोधित गर्दै उहाँले भन्नुभयो– ‘सत्गुरु सधैं कायम–दायम रहन्छ, यो कहिल्यै परिवर्तन हुँदैन, सत्गुरु संसारबाट कहिल्यै जाँदैन । जस्तो निराकार अटल छ त्यस्तै यो सत्गुरु छ । त्यस्तै गुरु शरीरको नाम होइन, गुरु ज्ञानको नाम हो । सत्गुरुलाई शरीर सम्झनु भूल हो, गल्ति हो । सत्गुरु नारी वा पुरुष हुँदैन । हामी सबै मानव जाति नारी हौ । केवल एक निराकार–परमात्मा मात्र पुरुष हो । यसरी आत्मा नारी हो भने परमात्मा पुरुष हो । बाबा जीले भन्नुभएको छ ज्ञान लिनुमात्र सबै कुरा होइन, यसलाई धारण गुर्न पर्दछ, यसको अनुभूति हुनु पर्छ, यसमाथि हिड्नु पर्दछ । जस्तै माछा पानीमा हुन्छ, त्यसको वरिपरि पानी नै पानी रहेको हुन्छ, त्यस्तै यो निराकार पनि सर्वत्र रहेको छ । यो निराकार सबै ठाउँमा व्याप्त भएको हामीमा अनुभूति हुनु पर्दछ, हर स्वाँसमा निरंकारको अनुभूति हुनु पर्दछ, सधैं सुमिरणप्रति हाम्रो ध्यान हुनु पर्दछ’ उहाँले प्रष्ट पार्नुभयो ।

बिज्ञापन

उहाँले अगाडि भन्नुभयो– ‘यो निरंकारी परिवार बसुधैव कुटुम्बकमको परिवार हो । यो परिवार पूरा विश्वको परिवार हो । यसमा सबै जाति, धर्म, भेषभूषा, रहन–सहन, साना–ठूला, धनि–गरीब सबै किसिमका मानव प्राणीहरु अबद्ध भएका छन् । यहाँ कुनै भेदभाव नजर आउँदैन, सबैको हेर्ने दृष्टि समान हुन्छ’ बताउनु भयो ।

कहिले काहि हामीमा दुःख आउँदा हाम्रो मनोभावना डामाडोल हुन जान्छ, सत्गुरुप्रति हाम्रो विश्वास हट्न जान्छ, त्यस्तो बेला हामीले आफूलाई दृढ बनाएर सत्गुरु प्रति आफ्नो विश्वासलाई मजबूत पार्नु पर्दछ । जस्तो सुकै परिस्थिति आएपनि हाम्रो मनोस्थिति भने एउटै हुनु पर्दछ, डगमगाउनु हुँदैन । जस्तै भगवान रामको राज तिलकको समय अचानक १४ वर्षको वनवास जानु पर्ने बचन आयो । तर, उनी त्यस बचनलाई शिराधार्य गरेर १४ वर्षको वनवासको सजाय काट्नु भयो । त्यसमा कत्तिपनि विचलित हुनुभएन, त्यसलाई सहर्स स्वीकार गर्नुभयो । त्यस्तै हामीले पनि दुःख आएको खण्डमा कत्तिपनि विचलित नभएर एक अटल विश्वासका साथ यस परमात्माको सुमिरण हर स्वाँस गर्नु पर्दछ’, उहाँले बताउनुभयो ।

‘जति प्यास हाम्रो सत्गुरुप्रति हुन्छ, त्यति नै प्यास सत्गुरुको हामीप्रति रहेको हुन्छ । यो प्रेम दोहोरो प्रकृति हुने गर्दछ ।’ उहाँले आफूले सत्गुरु बाबा जीसंग ३४ वर्ष बिताएको स्मरण गर्दै उहाँबाट सधैं प्रगाढ माया–प्रेम पाएको बताउनुभयो । बाबा जीले संसारका प्रत्येक मानव प्राणीलाई आफ्नो न्यानो माया दिएर मानवताको पथमा डोरयाउने अतुलनिय कार्य गरेर जार्नुभयो ।’

कार्यक्रमको अन्तमा नेपालका क्षेत्रिय सेवादल संचालक नर बहादुर बटालाले भक्तिले भरिएको भक्ति गीत प्रस्तुत गर्नु भएको थियो भने गीता र साथी, विमल, जानकी, अनिल, नबिना र साथी, प्रबिन, नितेश, तेज, कलशी, सुमन, कैलाश, कलपना, विश्वास, अमर, अशोक लगायतका सन्तहरुले आ–आफ्नो भजन तथा प्रवचनको माध्यमबाट भाव प्रकट गरेका थिएभने सत्संगको संचालन पदमले गर्नुभएको थियो ।

बिज्ञापन