आस्था /आध्यात्म

भारतमा विश्व बुद्धिस्ट सम्मेलन : ताइवान प्रतिनिधि र दलाइ लामा आउने भएपछि चीनको बहिष्कार

बिज्ञापन

काठमाडौं । भारतमा दुई दिने विश्व बुद्धिस्ट सम्मेलन सुरू भएको छ । भारतको संस्कृति मन्त्रालयको आयोजनामा भएको सम्मेलनको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् ।

बिज्ञापन

भारतको पद्मश्री समेत पाएका अमेरिकी प्राध्यापक रोबर्ट थुरमेन, भियतनाम बुद्धिस्ट संघका उपप्रमुख थिक त्रि कुआङ लगायतले बोल्नेछन् । भारतलाई बुद्धिस्ट संस्कृति र पर्यटनको विश्व केन्द्र बनाउने उद्देश्यले सम्मेलन आयोजना भएको भारतको युनिभसिर्टटी ग्रान्ट कमिसनले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा उल्लेख गरेको छ ।

‘समकालिन चुनौतीहरूको सम्बोधनः सिद्धान्तबाट व्यवहारसम्म’ नारा दिइएको सम्मेलनमा चिनियाँ अधिकारीहरू भने अनुपस्थित भएका छन् । भारतको असोका होटलमा बिहिबार र शुक्रबार हुने सम्मेलनमा चिनियाँ अधिकारीहरू अनुपस्थित हुने भएका छन् । चीनले सीमा समस्यादेखि ताइवानबाट दुई प्रतिनिधि आउने भनेपछि बहिष्कार गरेको भारतिय मिडियाहरूले उल्लेख गरेका छन् ।

इन्डिया टुडेले अन्तरास्ट्रिय बुद्धिस्ट संघका महानिर्देशक अभिजित हाल्देरलाई उदृत गर्दै दलाइ लामा पनि कार्यक्रममा आउने भएपछि चीन अनुपस्थित हुने बताएको छ ।

बिज्ञापन