राजनीति

यस्ता छन् एकीकृत समाजवादीको घोषणापत्रका मुख्य बुँदा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ ।

राजधानीको प्रज्ञा भवनमा आयोजित नेकपा (गौरवशाली) पार्टीसँगको एकता कार्यक्रममा राष्ट्रिय घोषणापत्र सार्वजनिक गरिएको हो ।

बिज्ञापन

घोषणापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूहरुले गर्न सकिने कामहरु मात्रै अघि सारेको बताएका छन् ।

घोषणापत्रमा ४ वटा प्रमुख र ३७ वटा उपबुँदा रहेको जनाइएको छ । एमालेसँग गरेको विद्रोह किन भयो ? भन्नेबारे घोषणापत्रमा समावेश गरिएको छ ।

‘मुल महत्व विद्रोह किन गर्यौं भन्ने राखेका छौं । विगतमा स्थानीय तहमा गरेका कामहरूलाई पनि राखेका छौं’ एकीकृत समाजवादीले भनेको छ ।

यस्ता छन् नेकपा घोषणापत्रका मुख्य बुँदा
–पुष्पलाल लोकमार्गको सुरुवात
–काठमाडौं–नीजगढ द्रुत मार्गको सुरुवात
–स्थानीय तहमा महिला र दलितको उपस्थिति
–नेपालमा सुरुङमार्गको सुरुवात
–जनता आवास कार्यक्रमको सुरुवात
–विद्यालय र बालबालिका शान्ति क्षेत्रको घोषणा
–निशुल्क खानेपानी, सुखी जिन्दगानीको नारा
–प्रत्येक घर परिवारलाई मासिक २ सय युनिट बिजुली उपलब्ध गराउने
–किसानको लगानी सुनिश्चितता गर्ने कार्यक्रम अघि सारेको
–हरेक पालिकामा महिला, युवा र श्रमिक विभाग हुने
–हरेक पालिकामा पुस्तकालय बनाउने
–प्रत्येक घर घरमा एक वर्षभित्र रिपोर्ट कार्ड बाँडिने
–भ्रष्टाचार निर्मुल पार्ने
–घरेलु पेय पदार्थलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रान्डिङ

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।