काबुलमा विस्फोट : ६ जनाको ज्यान गयो, केही घाइते
लोक कल्याणकारी विज्ञापन

एजेन्सी । अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरूले दुई वटा बम विस्फोट गराएका छन् । घटनामा कम्तीमा ६ जनाको ज्यान गएको र अरू केही घाइते भएका अधिकारीहरूले आज मङ्गलवार जानकारी दिएका समाचार संस्था एएनआईले जनाएको छ ।
काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटका घटनामध्ये पहिलो विस्फोट मुम्ताज विद्यालयमा भएको हो । त्यसैगरी दोस्रो विस्फोट भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो । त्यो पनि विद्यालय नजिकै भएको थियो ।
बिज्ञापन

दुवै विस्फोटका घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
