राजनीति

गठबन्धन कुनै हालतमा टुट्न दिन हुँदैन : प्रधानमन्त्री देउवा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन कुनै हालतमा टुटाउने नहुने बताएका छन् । मंगलबार नेविसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेपनि त्यो षड्यन्त्र असफल पार्नुपर्ने बताए ।

‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । गठबन्धन टुट्यो भने के हालत हुन्छ ? त्यस्तो अवस्था नआओस्, संविधानअनुसार कसैको बहुमत आउने अवस्था छैन’, प्रधानमन्त्री देउवाले भने, ‘त्यसकारणले कसैसँग त गठबन्धन गर्नैप¥यो ।

बिज्ञापन

काँग्रेस ठुलो होस् हामी सानो नै हुन्छौ भनेका छन् उनीहरुले अनि मैले के गल्ती गरेँ ।’ उनले गठबन्धन कुनै हालतमा तोड्नु हुँदैन भन्दै आफू प्रधानमन्त्री र पार्टी सभापति भइसकेकाले अब हुने नयाँ पुस्ताको पालो भएको पनि बताए । ‘म प्रधानमन्त्री भइसके अब तपाईहरु हुनुस् भोली’, देउवाको भनाइ छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।