राजनीति

अन्ततः मिल्यो गठबन्धनका बिचमा तालमेल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । सत्तारुढ गठबन्धनका बिचमा महानगरपालिकाको भागबण्डामा सहमति जुटेको छ । सहमतिअनुसार ६ वटा महानगरमध्ये कांग्रेसले तिन, नेकपा एकीकृतले एक, माओवादी केन्द्रले एक र जनता समाजवादीले एक महानगरमा उम्मेदवारी दिनेछन् ।

अन्ततः सत्ता गठबन्धनमा रहेका दलहरुका बिचमा महानगरपालिकामा चुनावी तालमेलका बारेमा सहमति जुटेको छ । स्थानीय तहको चुनावमा चुनावी तालमेल गर्ने निर्णय गरेका गठबन्धनमा रहेका दलहरुका बिचमा महानगरको उम्मेदवारी दिने विषयमा सहमति जुटेको हो ।

बिज्ञापन

सहमतिअनुसार काठमाडौं, विराटनगर र ललितपुरमा कांग्रेसले उम्मेदवारी दिनेछ । त्यस्तै नेकपा एकीकृत समाजवादीले पोखरा, नेकपा माओवादी केन्द्रले भरतपुर र जनता समाजवादी पार्टीले विरगञ्ज महानगरमा उम्मेदवारी दिनेछन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।