घटना

दाङमा प्रहरी र म्यादी प्रहरी बिच झडप

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दाङ । दाङमा प्रहरी र म्यादी प्रहरी बिच झडप भएको छ । झड्पमा चार जना म्यादी प्रहरी घाइते भएका छन् ।
सोमबार तालीम केन्द्रमा तालीम गर्ने क्रममा एक जना म्यादी प्रहरीको मोबाइल हराएको थियो । मोबाइल हराएको बिषयमा प्रहरीलाई जानकारी गराउदा प्रहरीले चोरी नभएको बताएको थियो । मोबाइल हराएकै बिषयलाई लिएर प्रहरीबिच तनाव सिर्जना भएको थियो ।
प्रहरीले आवश्यक भन्दा बढी शारीरिक व्यायाम गराएको भन्दै बिरोध गरेपछि प्रहरीले लठ्ठी प्रहार गरेको म्यादी प्रहरीले आरोप लगाएका छन् ।

घाईते ४ म्यादी प्रहरीको नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भएको जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।