राष्ट्रिय समाचार

अछामको मंगलसेनमा निर्वाचन अधिकृत फेरिए

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम । अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशी सर्वोच्च अदालतमा तानिए संगै आउँदो स्थानीय तहको चुनावका लागि तोकिनुभएका मुख्य निर्वाचन अधिकृत फेरिने भएका छन् ।

अछाम जिल्लाका मुख्य निर्वाचन अधिकृत सहित सदरमुकाम रहेको मंगलसेन नगरपालिकाका निर्वाचन अधिकृत रहनु भएका जोशीको ठाउँमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश मनोज शर्मा आउनुहुने भएको छ ।
सर्वाेच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले कैफियत फैसला गरेको भन्दै सोमबार अछाम जिल्ला अदालतका न्यायाधीश जोशीलाई फिर्ता बोलाएपछि उहाँको ठाउँमा नयाँ निर्वाचन अधिकृत आउनुहुने भएको हो ।

बिज्ञापन

निर्वाचन आयोगले सोमबार निर्णय गर्दै अछामको मंगलसेन नगरपालिकामा अछाम जिल्ला अदालतका न्यायाधीश जोशीको ठाउँमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश शर्मालाई पठाएको हो ।

आइतबार कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जोशीलाई सर्वोच्च अदालत काजमा तान्ने पत्र पठाउनु भएको हो ।

जबरजस्ती करणी मुद्दामा जाहेरवाली किशोरीलाई नै ३ वर्ष ६ महिना कैदमा पठाउने फैसला गरेका जोशीको उक्त फैसलामा कैफियत देखिएको भन्दै छानबिनका लागि तत्काल जिम्मेवारीबाट मुक्त गरिएको सर्वोच्च स्रोतले बताएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।