स्वास्थ तथा सरसफाइ

नेबिसंघ अछामद्धारा बयालपाटा अस्पतालमा रक्तदान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम । नेपाल बिद्यार्थी संघले आज ५३ औँ स्थापना दिवस मनाएको छ । देशभर बिभिन्न कार्यक्रम गर्दै संघले स्थापना दिवस मनाएको हो ।

अछाम जिल्लामा पनि नेबिसंघले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । जिल्लाको बयालपाटा अस्पतालमा रक्तदान कार्यक्रम गरिएको नेबिसंघका नेता उमेश कुवँरले बताए ।

बिज्ञापन

रक्तदान कार्यक्रममा ८ जनाले रक्तदान गरेका छन् । जिल्लामा स्थायी ब्लड बैँक नहुदाँ जहिले बिरामीलाई रगत अभाव झेल्दैँ आईरहनु परेको समस्यालाई मध्यनजर गर्दै नेबिसंघले बेला बेलामा रक्तदान कार्यक्रम गर्दै आईरहेको छ ।

५३ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एबम नेविसंघ अछामका पूर्व अध्यक्ष राजन कुवर प्रमुख अथिति रहेका थिए । प्रमुख अथिति कुँवरले नेबिसंघले सधैँ राम्रो काम गर्दै आएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा समेत यस्तै रचनात्मक काम गर्न सुझाए ।

नेबिसंघ अछामका जिल्ला सचिव बम बहादुर स्वाँरको सभापतीत्वमा भएको कार्यक्रममा कांग्रेस महासमिती सदस्य एवंम नेबिसंघ अछामका अध्यक्ष नृप साँउद बिशिस्ट अथिति रहेका थिए। कार्यक्रममा कांग्रेस अछामका सचिव प्रकाश साउद, कांग्रेस सहसचिव तथा नेबिसंघ पूर्व जिल्ला सचिव दिनेश कुमार स्वाँर, महाधिबेशन प्रतिनिधी ओमजंग रावल लगायतले शुभकामना मन्तव्य राख्दै नेबिसंघ अछामले राजनितिक भन्द पनि सामाजिक र परोपकारी काममा बढी जोड दिएकोमा खुशी व्यक्त गरे ।
अछाम जिल्लामा नेबिसंघ जहिले सामाजिक क्षेत्रमा क्रियाशिल भएको भन्दै उनिहरुले समाज परिर्वतन र जनताका पक्षमा काम गरिरहेकोमा प्रशंसा व्यक्त गरे । आगामी दिनमा समेत यस्तै रचनात्मक काम गर्नुपर्ने उनिहरुको भनाई थियो । नेबिसंघ जिल्ला सदस्य पुष्प बिष्टले संचालन गरेको कार्यक्रममा नेबिसंघका नेता कार्यकर्ता लगायतको सहभागीता रहेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।