दाङको तुलसीपुरमा सत्संग तथा रक्तदान शिविरको आयोजना
तुलसीपुर, ०७ बैशाख । दाङको तुलसीपुरमा सत्संगको साथै मानव एकता दिवसको अवसर पारेर रक्तदान शिविरको आयोजना गरिएको छ । उक्त रक्तदान शिविरमा सन्त–महापुरुषहरु सहभागी भएर ५६ प्वान्ट रगत संकलन गरिएको छ ।
तुलसीपुरमा आयोजना गरिएको वृहत सत्संगलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले भन्नुभयो– ‘हाम्रा अनकौं इच्छा–अकांक्षाहरु रहेका हुन्छन् तर हामीले चाहेर पनि सबै हाम्रा चाहनाहरु पूरा हुँदैनन् जबसम्म गुरुको प्रबल कृपा हामीमाथि हुँदैन । आज गुरुको कृपाले गर्दा हामीलाई एक–अर्काको दर्शन गर्ने शौभाग्य प्राप्त भएकोे छ ।’ उहाँले २२, २३ र २४ तारिकमा आफ्नो अनुकुल अनुसार मानव एकता दिवस मनाउन दिल्लीबाट परिपत्र आएको बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो– ‘रगत नालीमा होइन, नाडीमा बगाऔं जुन सत्गुरु बाबा हरदेव सिंह जी महाराजको दिव्य सन्देश रहेको छ, त्यसलाई हामीले शिरोधार्य गरेर पालना गर्नु पर्दछ । जबदेखि नेपालमा रक्तदानको आरम्भ भयो तबदेखि टीकापुरमा ३० वर्षदेखि निरन्तर रक्तदान शिविरको आयोना हुँदै आएको छ । कैलाली रेडक्रसले पनि आफ्नो नारा बनाएको छ ‘रगत नालीमा होइन, नाडीमा बगाऔं’ यसरी आज सत्गुरु बाबा जीको दिव्य सन्देशलाई संसारका सबै मानव प्राणीहरुले अनुसरण गरिरहेको हामी पाउँछौ ।’
‘सद्गुरु बाबा गुरबचन सिंह जीले सत्यको सन्देश फैलाउँदा–फैलाउँदै आफ्नो प्राणको याहुती दिनुप¥यो । त्यति बेला अवतार पार्क दिल्लीमा शोक सभाको आयोजना गरिएको थियो, उपस्थित सबैले रगतको बदला, रगत लिनु पर्छ, ईटको जवाफ ढुंगाले दिनु पर्छ भने आवाजहरु उठे तर बाबा हरदेव सिंह जीले भन्नुभयो कि हामीलाई बाबा गुरबचन सिंह जीले कहिल्यै बदलाको भावना लिन सिकाउनु भएन । हामीले संसारमा परोपकारको भावना लिएर विचरण गर्नु पर्दछ । रगतलाई नालीमा होइन, नाडीमा बगाउनु पर्छ भन्ने भावनालाई साकार गर्न रक्तदान गर्नुपर्छ भन्दा त्यस बेलादेखि निरंकारी मिशनमा रक्तदान शिविरको आयोजाना हुँदै आएको’ उहाँले बताउनुभयो । आज संसारमा अप्रेल महिनाभरि रक्तदान शिविरको आयोजना गर्ने गरिन्छ ।
निरंकारी मिशनले दाइजो प्रथाको पनि उन्मूलन गरेको स्मरण गर्दै उहाँले भन्नुभयोकि अनेकौ नशा बन्दी, सादा विवाह जस्ता कुरीतीको रोकथाम बाबा गुरबचन सिंह जीले नै गर्नुभयो ।
बाबा बूटा सिंह जी, बाबा अवतार सिंह जी, बाबा गुरबचन सिंह जी, बाबा हरदेव सिंह जी, सत्गुरु माता सविन्दर हरदेव जीले जुन निरंकारी मिशनको इतिहासको रचना गरेर मानव कल्याण गर्नुभयो, आज त्यस बागडोरलाई सत्गुरु माता सुदीक्षा जी महाराजले अगाडि बढाई रहनुभएको छ हामीले त्यसलाई आत्म साथ गर्दै अगाडि बढ्नु पर्ने बताउनुभयो ।
निरंकारी मिशनको सिद्धान्तलाई तब हामी पालन गर्न सक्छौ जुन ज्ञान रहेको छ, त्यस अनुसार प्रेम, नम्रता, सहनशीलता जस्ता गुणलाई धारण गरेर किन्तु–परुन्तुलाई टाढा राखेर एक प्रेम–सत्कारको भावनालाई अपनाएर सत्गुरुको सन्देशलाई अक्षररसः पालन गरेर जीवनमा ढाल्छौ भने त्यही नै हाम्रो भक्ति हो, उहाँले बताउनुभयो ।
सत्संग तथा रक्तदान कार्यक्रममा रोल्पा, सल्यान, प्यूठान र दाङका संयौ सन्त–भक्तहरुको उपस्थिति रहेको थियो जसमा टीकापुुर भवनका सचिव श्रीराम काफ्ले, दिनेश, गोमा, मधुसुधन, प्रेम, रामसिंह, गोविन्द, शर्मिला, टोप बहादुर, मिना, लेख बहादुर, सरिता, लक्ष्मी, विरवल, तेज बोहरा, केन्द्रय सदस्य दल बहादुर, केन्द्रिय ज्ञान प्रचारक प्रमुख देवराज रिमाल, दिपा, मुखि शारदा जि.सी. छवि आदिले गीत तथा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव राखेका थिए भने कार्यक्रमको संचालन पुष्पा डांँगीले गर्नुभएको थियो ।
You must be logged in to post a comment.