प्रधानमन्त्री देउवाको गृह जिल्लामा चुनावी तालमेल नहुने
लोक कल्याणकारी विज्ञापन

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा गठबन्धन दलहरुबीच चुनावी तालमेल नहुने भएको छ ।
लोक कल्याणकारी विज्ञापन

दुई नगरपालिका र ५ वटा गाउँपालिका रहेको डडेलधुरामा गठबन्धन गर्दा सत्ता साझेदार दलहरुभित्र असन्तुष्टि बढ्ने र त्यसको फाइदा एमालेलाई हुने निष्कर्षसहित दलहरुले गठबन्धन नगर्ने निर्णय गरेका हुन् ।
लोक कल्याणकारी विज्ञापन

जिल्लाको परशुराम नगरपालिका कांग्रेस र माओवादी दुवै पार्टीले नछाड्ने अडान लिएपछि गठबन्धन हुन नसकेको नेताहरुले बताएका छन् । परशुराम नगरपालिका जिल्लाको सबैभन्दा बढी मतदाता भएको नगरपालिका हो ।
बिज्ञापन

कांग्रेसका जिल्ला सभापति नगर प्रमुख रहेको यो नगरपालिकामा माओवादी र कांग्रेसले आफ्नो अडान नछोडेपछि गठबन्धन नगर्ने निर्णय गरिएको हो ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

