राजनीति

मतदाता आकर्षित गर्न साडी बाँड्दै वडाध्यक्ष

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । जुनसुकै तहको चुनाव नजिक आएपछि जनताहरुलाई आफूतिर आकार्षित गर्न अनेकौ हतकण्डा गरेको समाचार हामीले बार–बार सुन्ने गरेका छौ, त्यस्तै प्रकारको काठमाडौं चन्द्रागिरि नगरपालिकाको एक वडाका अध्यक्षले स्थानीय तह निर्वाचनमा मतदाता प्रभावित पार्न सरकारी बजेटको दुरुपयोग गरेका छन् । वडानम्बर ८ का अध्यक्ष सन्तोष खड्काले सरकारी बजेटबाट साडी खरिद गरेर वितरणको तयारी गरेका छन्।

उनले शुक्रबार वडा कार्यालयको लेटर प्याडमा सार्वजनिक सूचना जारी गरेर साडी वितरणको मिति र समय सार्वजनिक गरेका छन् । सूचना अनुसार शनिबार दिउँसो २ बजे वडा कार्यालयमा महिलालाई साडी वितरणको तयारी गरिएको छ।

बिज्ञापन

वडा कार्यालयमा साडीका लागि निवेदन दिएका महिलालाई वडा कार्यालयमा गएर साडी बुझ्न भनिएको छ। वडा सदस्य पुरुषोत्तम रिजालले वडा कार्यालयले महिलालाई साडी वितरणका लागि सार्वजनिक सूचना जारी गरिएको पुष्टि गरेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।