भारतमा एकै परिवारका पाँचजनाको शव फेला

एजेन्सी । भारतको उत्तर प्रदेशको प्रयागराजमा एकै परिवारका पाँचजनाको शव भेटिएको छ ।
शनिबार प्रहरीले यसबारे जानकारी दिएको हो । समाचार एजेन्सी पिटिआईका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय राजकुमार यादव, उनकी २५ वर्षीया छोरी मनिषा, उनकी श्रीमती कुसुम, बुहारी सबिता र दुई वर्षकी नातिनी मिताक्षी रहेका छन् ।

प्रहरीका पिटिआईलाई दिएको जानकारी अनुसार उक्त वारदात शुक्रबार अबेर राती भएको हो । त्यतिबेला राजकुमारका छोरा सुनिल घरमा थिएनन् । उनी एक विवाहमा गएका थिए ।
प्रहरीले अनुसन्धानका लागि डग स्क्वाड र फरेन्सिकको टिमलाई घटनास्थल पुर्याइएको र प्रमाण जुटाइँदै गरेको जानकारी दिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
