राजनीति

गठबन्धनदलले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

बिज्ञापन

काठमाडौ । सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ ।

बिज्ञापन

स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी नेताहरुका अनुसार चुनावी सभालाई गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् ।

तालिकाअनुसार १८ गते सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा सभा आयोजना हुनेछ । १९ गते लुम्बिनीको बुटवल र गण्डकीको पोखरामा तथा २० गते मधेशको जनकपुरमा र प्रदेश १ को विराटनगरमा हुनेछ । अन्तिम दिन २२ गते वागमतीको काठमाडौंमा संयुक्त आमसभा गर्ने तय भएको छ ।

बिज्ञापन