अनौठो

खुट्टाले लेखेर एसईई दिने धोको

बिज्ञापन

काठमाडौ । दक्षिणकाली नगरपालिका चाल्नाखेल–१ निवासी ३५ वर्षीय हरिप्रसाद बुढाथोकीका दुवै हातले काम गर्दैनन् । उनका खुट्टा पनि त्यति सबल छैनन् । सामान्य हिँडडुल गर्न पनि उनलाई कठिन हुन्छ तर उच्च शिक्षा अध्ययन गरेर नोकरी गर्ने उत्कर्ष इच्छा छ । । त्यसैले दाहिने खुट्टाका सहाराले लेख्न सक्ने बुढाथोकी आजबाट सुरु हुने २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुँदैछन् । उनलाई बोल्न पनि गाह्रो छ। निकै कठिनसाथ उनले भने, “क्याम्पस पढेर जागिर खाएर आफ्नो खुट्टामा उभिन्छु।”

बिज्ञापन

जन्मँदै शारीरिक अपाङ्गता भएका बुढाथोकीले कक्षा ४ सम्मको पढाइपछि बिरामीका कारण पढाइ छाडे । २०७० सालमा चाल्नाखेल आधारभूत विद्यालयमा पुनः भर्ना भई कक्षा ८ पूरा गरे । टौदह राष्ट्रिय माविमा कक्षा ९ मा भर्ना त हुनुभयो तर घरबाट झण्डै तीन किलोमिटर टाढाको विद्यालयमा आउजाउ गर्न निकै कठिन भयो । पढाइ छाड्नुपर्यो । गत असारमा फर्पिङको शिखरापुर खुला विद्यालयमा कक्षा १० मा भर्ना भई अध्ययनलाई निरन्तरता दिएका बुढाथोकी बिहीबार अङ्ग्रेजी विषयको तयारीमा जुटेका थिए ।

बिज्ञापन