घटना समाचार

भारतमा एकै परिवारका पाँचजनाको शव फेला

बिज्ञापन

एजेन्सी । भारतको उत्तर प्रदेशको प्रयागराजमा एकै परिवारका पाँचजनाको शव भेटिएको छ ।

बिज्ञापन

शनिबार प्रहरीले यसबारे जानकारी दिएको हो । समाचार एजेन्सी पिटिआईका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय राजकुमार यादव, उनकी २५ वर्षीया छोरी मनिषा, उनकी श्रीमती कुसुम, बुहारी सबिता र दुई वर्षकी नातिनी मिताक्षी रहेका छन् ।

प्रहरीका पिटिआईलाई दिएको जानकारी अनुसार उक्त वारदात शुक्रबार अबेर राती भएको हो । त्यतिबेला राजकुमारका छोरा सुनिल घरमा थिएनन् । उनी एक विवाहमा गएका थिए ।

प्रहरीले अनुसन्धानका लागि डग स्क्वाड र फरेन्सिकको टिमलाई घटनास्थल पुर्याइएको र प्रमाण जुटाइँदै गरेको जानकारी दिएको छ ।

बिज्ञापन