घटना

झापाबाट ब्राउनसुगरसहित दुई जनालाई पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

झापा । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित प्रहरीले झापाबाट दुई जनालाई पक्राउ गरेको छ।

मेचीनगर–१५ हेल्दुबारीबाट प्रहरीले सोही ठाउँका २४ वर्षीय विष्णु राजवंशी र १८ वर्षीय सागर पाहनलाई बिहीबार राति पक्राउ गरेको हो। उनीहरूको साथबाट ११.०६ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।

बिज्ञापन

उनीहरू सवार बा३८प ३८८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ब्राउनसुगर, ८१ हजार १ सय नेपाली रुपैयाँ, ११० रुपैयाँ भारु बरामद भएको प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।