इटालीमा फेरि कोरोना तीव्र रुपमा फैलियो
दैनिक ७३ हजार संक्रमित

बैशाख । इटालीमा फेरि कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेको छ । इटालीमा शनिबार एकै दिन ७० हजार ५२० जना नयाँ संक्रमित फेला परेका छन् भने १४३ जनाको मृत्यु भएको छ । इटालीमा शुक्रबार कोरोनाबाट २०२ जनाको मृत्यु भएको थियो ।
सन् २०२० को फेब्रुवरीमा कोरोना महामारी फैलिएपछि इटालीमा कोरोनाका कारण अहिलेसम्म १ लाख ६२ हजार ६०९ जनाको मृत्यु भइसकेको छ ।

युरोपमा बेलायतपछि इटालीमा कोरोनाका कारण धेरै मानिसहरूको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म कोरोनाबाट १ करोड ६१ लाख संक्रमित बनेका छन् । कोरोनाका कारण शनिबार मात्र ९ हजार ९१४ जना अस्पताल भर्ना भएका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
