राजनीति

धनगढीको मेयरमा चन्दलाई उम्मेदवार बनाउने एमालेको निर्णय

बिज्ञापन

धनगढी । नेकपा एमालेले धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिज्ञापन

केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटिका पूर्व उपाध्यक्षसमेत रहेका चन्दलाई एमालेले धनगढीको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

‘धनगढीको मेयरमा कमरेड रणबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ,’ एमालेका एक नेताले भने, ‘उपमेयर कसलाई बनाउने भन्ने विषयको टुुङ्गो लाग्न बाँकी छ । सम्भवः भोलिसम्म निर्णय हुन्छ होला ।’

करीब २८ वर्षदेखि नेकपा एमालेको राजीतिमा सक्रिय चन्द गत पुषमा भएको अधिवेशनमा रतनबहादुर थापासँग कैलाली जिल्ला कमिटीको अध्यक्षमा चार मतले पराजित भएका थिए ।

बिज्ञापन