राजनीति

उपनिर्वाचनमा माओवादीले कांग्रेस र जसपालाई सघाउने

बिज्ञापन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा उम्मेदवारी नदिने भएको छ । आगामी बैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । तर, माओवादीले तीनवटै क्षेत्रमा आफ्नो उम्मेदवारी नदिने भएको हो ।

बिज्ञापन

माओवादीले चितवन २ मा सत्ता साझेदार दल कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई सघाउने निर्णय हो । माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीका अनुसार कांग्रेसलाई सघाउने निर्णय भएकाले पार्टी उम्मेदवारी नदिने भएको हो ।

यस्तै, तनहुँ १ मा पनि माओवादीले कांग्रेसका गोविन्द भट्टराईलाई सघाउने भएको छ । केन्द्रीय सदस्य आशा कोइरालाका अनुसार तनहुँ १ मा पार्टीले कांग्रेसलाई सघाउने निर्णय गरेको हो । यसअघि माओवादीले तनहँु १ मा आफ्नै उम्मेदवार उठाउने बताउँदै आएको थियो ।

यस्तै, बारा २ मा भने माओवादी केन्द्रले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ । उक्त क्षेत्रमा यसअघि जसपाले जितेकाले माओवादीले जसपाका उम्मेदवार यादवलाई सघाउने माओवादी केन्द्रका सचिव गणेश साहले जानकारी दिए । गठबन्धनलाई साथमा लिएर जानुपर्ने भएकाले उपेन्द्रलाई सघाउने पार्टीले निर्णय गरेको उनले बताए ।

बिज्ञापन