आस्था /आध्यात्म

प्रेम–नम्रता र परोपकारको बाटो अपनाउनु आवश्यक– नर बहादुर रावल (अध्यक्ष, सनिमं. नेपाल)

बिज्ञापन

पोखरा, ०९ बैशाख । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले प्रेम–नम्रता र परोपकारको बाटो अपनाउनु आवश्यक रहेको बताउनुभएको छ । उहाँले पोखरामा आयोजित सत्संग समारोहमा उक्त कुरा बताउनुभएको हो ।

बिज्ञापन

उहाँले भन्नुभयो– ‘प्रेमको भाषा नै सर्वोत्वम भाषा हो, यो सत्गुरु बाबा गुरबचन सिंह जी महाराजको उद्गार हो । संसारमा सबैभन्दा मिठो प्रेमको नै भाषा रहेको छ । जहाँ प्रेम छ्रैन्, निन्दा, नफरत, घृणा, बैर, हिंसा, अहंकार छ, त्यहाँ जति वैभव, महल र भौतिकताले परिपूर्ण भएपनि त्यहाँ शान्ति सुकुन र आनन्द आउँदैन । जहाँ प्रेम, नम्रता, सद्भावना र सहनशीलता भएको हुन्छ त्यहाँ दैविक गुणको वास हुन्छ । बाबा गुरबचन सिंह जीले आफ्नो शरीरको बलिदान मानवताको लागि गर्नुभयो । अप्रेल २२, २३ र २४ तीन दिन निरन्तर रुपमा आफ्नो देश काल परिस्थिति अनुकूल जहाँ जेजस्तो छ त्यस अनुसार वृहत रक्तदान तथा सत्संगको आयोजना गर्न केन्द्रिय कार्यलय दिल्लीबाट आदेश आएको’ उहाँले बताउनुभयो । त्यसैको फलस्वरु आज हामीलाई अप्रेल २२ तारीखका दिन पोखरामा आएर यहाँका सन्तहरुको पवित्र बाणीलाई श्रवण गर्ने सुअवसर प्राप्त भएको बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयो– ‘सन्त निरंकारी मिशनले आध्यात्मिक विचारधाराको माध्यमबाट विश्व वन्धुत्व, भाइचारा, प्रेम–नम्रता, सहनशीलता र शान्तिको सन्देश दिरहेको छ । आज संसारमा अनेकौं प्रकारका हिंसा–द्वन्द्वका घटना, लडाई–झगडाका घटनाहरु भइरहेको हामी पाउँछौ, यस्तो बिकराल अवस्थामा पनि सत्गुरुले हामीलाई प्रेमको बाटो देखाउनु भएको छ जसबाट हामी एक–अर्काका परिपूरक बन्न पुगेका छौ । किनभने संसारमा पिता–परमात्मा हाम्रो एक मात्र ईश्वर रहेको छ । हामी सबै यसैका सन्तान हौ । हामीमा केहि फरक छैन, सबै बराबर छन् । हामीमा विद्यमान रहेको शक्तिलाई चलाउने एउटै यो निराकार हो । अनेकतामा एकता निरंकारी मिशनको मूल विशेषता हो । जब बाबा गुुरबचन सिंह जीको बलिदानी हुँदा २७ अप्रेल २०८० का दिन श्रद्धाञ्जली कार्यक्रममा संसारका कुना–कुनाबाट दिल्लीमा सहभागि भएर आ–आफ्नो भावबाट प्रतिशोधको आवाज उठ्उँदा त्यहि समयमा गुरुगद्दी सम्हाल्नु भएका बाबा हरदेव सिंह जीले बाबा गुरबचन सिंहले हामीलाई कसैमाथि प्रतिशोधको भावनाबाट प्रेरित भएर बदला लिन सिकाउनु भएन । बाबा जीले हामीलाई जुन ज्ञान दिनुभयो, यदि हामी त्यसको विपरित दिशामा आफूलाई डो¥याउछौभने उहाँले देखाएको बाटोमा हिड्न सक्दैनौ भने ज्ञान लिएको कुनै सार्थक हुँदैन । उहाँले जुन प्रेम–नम्रता र परोपकारको बाटो देखाउनुभएको छ त्यसलाई हामीले आत्मसाथ गर्नुपर्छ भनेर बाबा हरदेव सिंह जीले सम्झाउनुभयोे । यदि बाबा गुरबचन सिंहलाई सच्चा श्रद्धाञ्जली दिनुछ भने खेर गइरहेको रगतलाई नालीमा नबगाएर नाडीमा बगाउनु पर्ने बाबा हरदेव सिंह जीले भनेको’ उहाँले बताउनुभयो ।

‘वृक्षले फल दिन्छ, त्यस फललाई मानवदेखि पशु–पंक्षीहरुले यसको स्वाद चाख्छन्, सागरले पानी दिन्छ सबैको तिर्खा मेटाउँछ, बादलले वर्षा गराएर बालीको सिचाई गर्छ, उसले आफ्नो लागि ग्रहण गर्दैन । त्यस्तै प्रकार संसारमा जतिपनि अवतारी सन्त–महापुरुषहरु आए तिनीहरुले परोपकारी भावना लिएर आए्, उनीहरुले हरेकसंग सहनशीलता, भलाईको कामना गरे । त्यसै भवनालाई साकार गर्न सत्गुरु बाबा जीले यस रक्तदान शिविरको थालनि गर्नुभयो । कोभिड कालमा पनि मिशनले अनेकौं परोपकारी कार्य गरयो । त्यस्तै बिभिन्न समयमा सन्त निरंकारी मण्डल नेपालले पनि विविध दैविय प्रकोपमा सहयोग गर्दै आएको’ उहाँले स्मरण गराउनुभयो । उहाँले गिलहरी र सानो फिस्टे चराको उदाहरण दिदै भन्नुभयो सेवा सानो भएपनि त्यो सानो कदापि हुँदैन । आफ्नो क्षमता अनुसार सेवा गर्नु पर्दछ । सेवा सानो वा ठुलो हुँदैन, सबै बराबर हुन्छ ।

उहाँले भन्नुभयो– ‘भक्तहरुले संसारमा आएर कहिल्यै सुख पाएनन् । जस्तै भक्त प्रह्लाद, मिरा, शबरी, हनुमान आदि सबैले आफ्नो जीवनमा अनेकौ कष्ट उठाउनु परयो त्यसै उनीहरुलाई भक्त भनिएन । पहिले हामी बिना जानकारी नभएर नानाथरिको पूजा गरिरका थियौं तर जब सत्गुरुबाट अटल, अबिनाशी, साक्षात प्रभुको दर्शन गराउनुभयो तब हाम्रो भक्ति प्रबल भयो । भक्ति जानेर गरेपछि मात्र प्रबल हुन्छ । सत्गुरु शरीर होइन, ज्ञान हो । ज्ञान कहिल्यै मर्दैन, यो अमर हुन्छ’, उहाँको भनाई थियो ।

सत्संग समारोहमा सन्त निरंकारी मण्डल नेपालका ज्ञान प्रचारक प्रमुख देवराज रिमाल, टीकापुर सत्संग भवनका सचिव श्रीराम काफ्ले, केन्द्रीय सदस्य दलबहादुर राना, गायक तेज बहादुर बोहरा, मंल सुब्बा, सुमिना, बीर बहादुर, प्रेम कुमारी, लाल सुब्बा, धन सुब्बा, टी.बी., देव जी, रुकमणि, महादेव, दीपा आदिले भक्ति गीत तथा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव प्रकट गरेका थिए ।

बिज्ञापन