आस्था /आध्यात्म

सन्त निरंकारी सत्संग भवन टीकापुरद्वारा रक्तदान शिविरको आयोजना, आध्यात्मिक ज्ञान मानव जीवनको लागि अति आवश्यक– रामलाल डगौरा थारु (प्रमुख टी.न.पा)

बिज्ञापन

टीकापुर, १५ बैशाख । सन्त निरंकारी सत्संग भवन टीकापुरद्वारा रक्तदान शिविरको आयोजना गरिएको छ ।

बिज्ञापन

टीकापुर सत्संग भवनद्वारा आयोजित उक्त रक्तदान शिविरको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका मेयर तथा समारोहका प्रमुख अतिथि रामलाल डगौरा थारुले ‘रगत नालीमा होइन, नाडीमा बगाउनु पर्छ’ भन्ने सन्देशलाई आत्मसाथ गर्दै आज रक्तदान शिविरको आयोजना गरिएको छ, जुन निकै प्रशंंसनिय र महत्वपूर्ण कार्य हो । जुनसुकै अवस्थामा मानवलाई रगतको खाँचो पर्दछ, रगत बिना मानव बाँच्न सक्दैन । जब मान्छे मृत्यु शैयाको नजिक भएर गुज्रिरहेको हुन्छ त्यति बेला त्यसलाई एक–एक थोपा रगतको आश्यकता पर्न जान्छ । आज त्यहि परोकारी कार्य सन्त निरंंकारी मिशनले रक्तदान दिएर गर्न लागेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

वर्तमान अवस्थामा नेपालको जुनसुकै ठाउँमा छाडा प्रवृत्ति, अपराधिक गतिविधि, लागु औषधको सेवन लगाएत विखण्डनका अवस्थाहरुको विकास दिनप्रति दिन मौलाउँदै गइरहेको आवस्थामा सन्त निरंकारी मिशनले आध्यात्मिक ज्ञानको माध्यमबाट संसारमा मानवहरुलाई आपसी भातृत्वको विकास गराई संसाका सबै मानव प्राणी एक ईश्वरका सन्तान हुन भन्ने अमूल्य सन्देश दिएर विश्वमा शान्ति स्थापना गर्न लागेकोमा धन्यवाद दिनु भयो । साथै मिशनले संस्कार र संस्कृतिलाई जोड्ने अतुलनिय कार्य गर्दै आइरहेको छ, जुन अहिले नितान्त आवश्यक रहेको छ । आध्यात्कि ज्ञान मानव जीवनलाई अति अवश्यक रहेको छ । यसको सन्देशलाई सबै ठाउँमा पु¥याउन सक्यौं भने मानवलाई लाग्दै आएको आक्षेप पनि समाप्त भएर जाने बताउनु भयो ।

टीकापुर भवन अथवा निरंकारी आदर्श विद्यामन्दिरको छेउमा रहेको बाटो धेरै वर्ष वितिसक्दा पनि कालोपत्र हुन नसकोको गुनासो सन्त निरंकारी मण्डलका अध्यक्ष नर बहादुर रावलले राख्दा उहाँको प्रश्नको जवाफ दिदै मेयरले आउदा दिनहरुमा अवश्य पनि बाटोलाई अवश्य पनि सुधारन्मुखतिर लिएर जाने बचन प्रतिवद्धता जाहेर गर्नुभयो ।

त्यस्तै कार्यक्रममा ईलाका प्रशासन कार्यलय टीकापुरका प्रमुख तथा समारोहका विशिष्ट अथिति भूमेश्वर पोख्रेलले रक्तदान, जीवन दान भनेर भन्ने गरिन्छ तर वास्तवै रगतको मानव जीवनमा ठुलो महत्व रहेको छ । रगतको एक–एक थोपाको ठुलो महत्व रहेको छ । रक्दान गरिसकेपछि यसको सदुपयोग कसरी गर्ने भन्ने कुरातिर हाम्रो ध्यान जानु जरुरी छ । रगत दिदा–लिदा ध्यान दिनु पर्ने कुरामा रक्तदाताको ब्लोड गु्रुप के हो, कस्तो औषधि सेवन गर्नेको लिने वा नलिने त्यतातिर पनि ध्यान जानु पर्ने आवश्य रहेको बताउनु भयो ।

उहाँले रगत कतिखेर चाहिने हो भन्ने कुराको कसैलाई थाह हुँदैन । त्यसैले हामीले बढीभन्दा बढी रगत संकलन गर्नु पर्छ, जसबाट पिडामा रहेको मानवलाई बचाउन सकियोस । सन्त निरंकारी मिशन ठुलो संस्था भएको आफूले टीकापुरमा आएर मात्र थाह पाएको बताउनु भयो । उहाँले मिशनले रक्दान गरेर मानवको प्राण बचाउने कार्यतिर सधैं अग्रसर भएकोमा खुशी व्यक्त गर्नुभयो ।
सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले मानव एकता दिवसमाथि प्रकाश पार्दै भन्नुभयो कि मानव एकता दिवस २४ अप्रेल सन् १९८० का दिन तत्कालिन निरंकारी बाबा गुरबचन सिह जीको हत्या गरिएको थियो र पछि उहाँका सुपुत्र भोला जी सत्गुरु बाबा हरदेव सिंह जी महाराजको रुपमा अवतरित भएपछि तत्कालिन वातावरलाई मध्यनजर गर्दै ‘रगत नालीमा होइन, नाडीमा बगाउनु पर्छ’ भन्ने सन्देशका साथ रक्तदान गर्ने कार्यको आरम्भ गर्नुभयो । मिशनमा सन् १९८६ देखि आजसम्म निरन्तर रक्तदान गर्दै आएको छ । अहिले यो रक्तदान कार्यक्रम विश्वभरि मनाईदै आएको छ । हालसम्म सन्त निरंकारी मिशनका अनुयायीहरुले करीब १४ लाख प्वाईन्ट रगत संकलन गरिसकेको बताउनु भयो ।

उहाँले सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभएर एक विशुद्ध आध्यात्मिक संस्था भएकोले यहाँ सबै जातजाति, चाल–चलन, रितिरिवाज, धर्म, सम्प्रदायका मानवहरु आवद्ध भएको संस्था बताउनुभयो ।

आज निरंकारी सत्संग भवन टीकापुरमा आयोजना गरिएको रक्तदान शिविरमा ७५ प्वाईन्ट रगत संकलन गरिको छ ।
सन्त निरंकारी सत्संग भवन टीकापुरका मुखी महादेव भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सल्लाहकार श्रीराम काफ्ले, मन्तव्य दुर्गा देवकोटा (सामुदायिक एफ.एम.) टीकापुर, रेडक्रस सोसाईटी टीकापुरका प्रतिनिधि लगाएतले आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन राजन रेग्मीले गर्नु भएको थियो ।

बिज्ञापन