आस्था /आध्यात्म

कपिलवस्तुको विजयनगर गणेशपुरमा निरंकारी सत्संग कार्यक्रम सम्पन्न

बिज्ञापन

माघ, १ गनेशपुर (कपिलवस्तु) । कपिलवस्तुको विजयनगर गणेशपुरमा निरंकारी सत्संगको कार्यक्रम सम्पन्न भएको छ । सन्त निरंकारी सत्संग गणेशपुरमा आयोजित उक्त कार्यक्रममा सन्त निरकारी मण्डल नेपालका केन्द्रीय कोषाध्यक्ष कृष्ण कन्हैया पाठकको अध्यक्षतामा भयो । निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभई एक आध्यात्मिक विचारधारा भएकोले यहाँ सबै जातजाति, धर्म, समुदाय, रहन–सहन, भेषभूशा, रितीरिवाज भएका मानवहरु आवद्ध रहेका छन् । यहाँ मानवहरुलाई उनीहरुको धर्म होइन भावना परिवर्तन गर्ने सन्देश दिइन्छ, उहाँले बताउनु भयो ।

बिज्ञापन

निरंकारी मिशनको विशेषता भनेको नै अनेकतामा एकता हो । यसले अनेकतालाई एकतामा कायम गर्दछ । एउटै परमात्मा निराकारका सबै मानवहरु सन्तान भएकोले हामीले एक–अर्कासंग भाइचारको सम्बन्धलाई स्थापित गर्नु पर्दछ । एकले अर्काको सुख–दुःखमा साथ दिनु पर्दछ । निरंकारी मिशनले धर्मलाई जोड्छ, तोड्दैन । कसैको रहन–सहन, जाति–पाति, खान–पिनको घृणा गर्दैन । संसारमा रहेका सम्पूर्ण मानव प्राणीहरुलाई एक परिवार मानेर उनीहरुसंग प्रेमको सम्बन्धलाई बलियो पार्दछ, उहाँले बताउनु भयो ।

उहाँले अगाडि भन्नुभयो कि हामी भित्र प्रभु–परमात्माको वास रहेको छ, हामीबाट जेपनि गरिन्छ त्यो प्रभु–परमात्माको शक्तिबाट संचालित भइरहेको हुन्छ । यदि प्रभुले हामी माथि दया गर्दैन भने यसको बिना हामी केहि पनि गर्न सक्दैनौ । हामी भित्र रहेको आत्मा यस परमात्माको अंश हो बताउनुभयो ।

सत्गुरु शरीर नभएर ज्ञानको नाम हो । परमात्मा एउटै छ तर परमात्माको अनेकौं नामहरु छन् । कोहि भगवान भन्छ, कोहि ईश्वर भन्छ, कोहि अल्ला भन्छ, कोहि गड भन्छ, कोहि वाहे गुरु आदि भन्छ तर संसारमा परमात्मा केवल एउटा मात्र छ । जस्तै पानीलाई अनेकौं नामले पुकारिन्छ कोहि जल भन्छ, कोहि वटर भन्छ, कोहि निर भन्छ, नेवारीमा ल भनिन्छ यसरी पानीका नामहरु अनेकौ छन् वस्तु चाहि एउटै छ, त्यस्तै परमात्माका नामहरु अनेकौं छन् तर परमात्मा एउटै छ । त्यसैले निरंकारी मिशनको मूल सिद्धान्त नै ‘एकलाई जान, एकलाई मान, एक हौं’ रहेको छ । हामीले संसारमा मानवको चोला पाईसकेपछि अनेकतामा भ्रमित नभएर जो यो एक परमात्मा रहेको छ, त्यसलाई जान्नु आवश्यक छ, जानि सकेपछि त्यस एकलाई मान्नु छ र संसारभरिका सबै मानव एक परिवार हुनु छ तब विश्वमा शान्ति छाउन सक्ने छ । यस कार्यलाई स्थापित गर्नको लागि हामीले निरंकारी मिशनमा आउनु पर्ने छ । आज सत्गुरु माता जीले संसारलाई एकलाई जान, एकलाई मान, एक हौको सन्देश दिएर सम्पूर्ण संसारलाई एक सूत्रमा बाँधि राख्नु भएको उहाँले बताउनु भयो ।

उहाँले भौतिक ज्ञानले मात्र मानव परिपूर्ण नहुने बताउँदै त्यसको लागि आध्यात्मिक ज्ञानको आवश्यकता पर्दछ । आध्यात्मिक ज्ञान भनेको परमात्मालाई जान्नु हो । हामी सबैमा आत्मा विद्यमान छ, यो आत्मा ईश्वरको अंश हो । त्यसैले आत्माले आफ्नो पिता यस निराकार–परमात्मालाई जान्नु आवश्यक छ । जब आत्माले परमात्मालाई चिन्दछ त्यो नै धर्मको अवस्था हो । जसले परमात्मालाई जानेको छैन, त्यो कहिल्यै पनि धर्मि हुन सक्दैन, धर्म त्यही हो जसले आफ्नो पिता–परमात्मालाई जान्यो त्योभन्दा ठुलो धर्म संसारमा अरु केहि पनि छैन । यो मिशनले जहिले पनि जोड्ने कार्य गर्दछ तर धर्मले विभाजन गर्दछ हिन्दु, मुस्लिम, सिख, ईसाई आदिमा विभाजन गर्दछ । आध्यात्मले सबैलाई जोड्ने कार्य गर्दछ । यही मिशनको मूल सिद्धान्त पनि हो, उहाँले बताउनु भयो ।

सन्त निरंकारी मण्डल नेपाल अब कपिलवस्तु जिल्ला थपिएर ४७औं जिल्लामा फैलिन पुगेको छ भने सत्संग भवन नेपाल अधिराज्य भरि १४६ रहेको छ ।

कपिलवस्तु का विभिन्न ठाउँबाट आएका ३०० महापुरुषहथियो, उनीहरुको अनुहारमा निकै खुशीको रौनक देखापरिरहेको थियो । सत्संग आरम्भ हुनु अगाडिदेखि नै चिसो ठुलो रुप लिएपनि सन्तहरुले त्यसको कुनै प्रवाह नगरेर टाढा–टाढाबाट सत्संग स्थल पुगेका थिए । सत्संग पण्डालभरिएर बाहिर उभिएर चिसोको कुनै प्रवाह नगरि सत्संगमा उनीहरुको ध्यान केन्द्रित रहेको देखिन्थ्यो ।

सत्संग कार्यक्रममा विभिन्न ठाउँबाट आएका सन्त–भक्तहरुले भजन वा प्रवचनको माध्यमबाट आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन बुन्देश्वर चौहानले गर्नुभएको थियो सत्संगको व्यवस्थापक कृष्ण प्रसाद चौहानले गर्नु भएको थियो ।

बिज्ञापन