खेलकुद

रोहितको शतकमा वेष्ट इन्डिज ‘ए’ माथि नेपालको उत्कृष्ट जीत

बिज्ञापन

काठमाडौं । ५ खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ ।

बिज्ञापन

वेष्ट इन्डिज ‘ए’ ले दिएको २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट शतक प्रहार गरे । उनले ५४ बलमा ११२ रन बनाएर आउट । दीपेन्द्रसिंह ऐरी २४, कुशल मल्ल १६, कुशल भुर्तेल १६, विवेक यादव ७ र अनिलकुमार साह ५ रनमा आउट भए ।

गुल्शन झा ९ र प्रतिश जीसी ५ रनमा अविजित रहे । अन्तिम ओभरमा ९ रन आवश्यक थियो । प्रतिश र गुल्शनले पहिलो र दोस्रो ओभरमा एकएक लिए । तेस्रो र चौथो बलमा गुल्शनले लगातार चौका प्रहार गर्ने नेपाललाई जीततर्फ दोहो¥याए ।

यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।

वेष्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले उत्कृष्ट इनिङ खेले । उनले ४६ बलमा ७४ रन बनाएका थिए । उनले केसी कार्टीसँग चौथो विकेटका लागि ६० रन र कडिम एलेनसँग पाँचौं विकेटका लागि ५७ रनको साझेदारी गरे । कार्टीले ३८, आन्द्रे फ्लेचर १३, जोन्सन चार्ल्स शून्य रनमा आउट भए । कडिम एलेन १४ र किमो पल शून्य रनमा अविजित रहे ।

बिज्ञापन