राजनीति

मेयर लड्न एसएसपीबाट राजीनामा दिएका शाहले पाएनन् टिकट

बिज्ञापन

काठमाडौ । नेपाली काँग्रेसको तर्फबाट मेयरमा चुनाव लड्न प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) पदबाट राजीनामा दिएका गोविन्द शाहले टिकट पाएनन् ।

बिज्ञापन

धनुषाको विदेह नगरपालिकाको मेयर पदमा चुनाव लड्न उनले एसएसपीबाट राजीनामा दिएका थिए । तर, नेपाली काँग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । ‘स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराउँछु’ पूर्व एसएसपी शाहले भने–‘जनाधार नभएको व्यक्तिलाई टिकट दिने निर्णय भएको छ, त्यसैले मेरो जित सुनिश्चित छ ।

मेयर पदमा साहसँगै योगेन्द्र यादवको नाम सिफारिस भएको थियो । काँग्रेसले योगेन्द्र यादवलाई मेयरको टिकट दिने निर्णय गरेको छ । एसएसपी साहले दिएको राजीनामा गत फागुन १० गते स्वीकृत भएको थियो । २०४९ चैतमा इन्स्पेक्टरबाट शाह प्रहरीमा प्रवेश गरेका थिए । २९ वर्ष सेवा अवधि पुरा गरेर उनी राजनीतिको मैदानमा गएका हुन् ।

बिज्ञापन