राजनीति

कञ्चनपुरमा माओवादी केन्द्र र नेकपा एसबीच गठबन्धन गर्ने निर्णय, कांग्रेस एक्लै चुनावमा जाने

बिज्ञापन

कञ्चनपुर । कञ्चनपुरमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन गर्ने निर्णय गरिएको छ। स्थानीय तहको निर्वाचनका लागी तीन दलीय गठबन्धनमा सहमति नजुटेपछि नेपाली कांग्रेस अलग भएको छ

जस अनुसार कञ्चनपुरमा दुई दलीय गठबन्धन गर्ने निर्णय भएको हो। नेकपा एकीकृत समाजवादी कञ्चनपुरका अध्यक्ष जीवनराज थापाले आइतबार अबेर रातिसम्म बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले पालिका विभाजनमा सहमति गर्न नसक्दा अन्तमा दुई दलीय गठबन्धन गर्ने निर्णय हुन पुगेको बताए ।

बिज्ञापन

दुई दलीय गठबन्धनमा पाँच पालिकामा माओवादीलाई र चार पालिकामा समाजवादीलाई प्रमुखको जिम्मेवारी तोकेको उनले बताए । त्यस्तै, पुनर्वास नगरपालिकाका हकमा प्रमुखको जिम्मेवारी एकीकृत समाजवादी र उपप्रमुखको जिम्मेवारी माओवादीलाई दिइएको छ । त्यसैगरी पुनर्वासमा समाजवादीले १, ३, ६, ७ र ८ नम्बर वडामा उम्मेदवार पाउने र माओवादीले २, ४,५, ९, १०, ११ नम्बर वडामा उम्मेदवार पाउने दुई दलीय गठबन्धनका कञ्चनपुर जिल्ला इन्चार्ज र अध्यक्षले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

बिज्ञापन