राजनीति

ललित थापा शिवद्वारा माओवादी केन्द्र परित्याग

बिज्ञापन

टीकापुर, १२ बैशाख । कैलाली जिल्लाको टीकापुर नगरपालिकाबाट २०७४ सालको स्थानीय निर्वाचनबाट नगर प्रमुखको निकटत्तम प्रतिद्वन्दीको रुपमा रहेका ललित थापा शिवले माओवादी केन्द्र परित्याग गरेका छ्न ।
आज बिहान एक पत्रकार सम्मेलनगरि उहाँले नेकपा माओवादी पार्टीले बर्ग छोडेकोले आफुले पार्टी छोडेको कुरा एक पत्रकार सम्मेलन मार्फत धारणा राख्नुभएको छ । नेकपा माओवादी केन्द्र पैसा वालाको पार्टी होला भनेर आफुले कल्पना पनि नगरेको र अहिले पार्टी पैसा वालाको भएर सिद्धान्त टुंगियपछि आफुले वर्गसंघर्ष जगबाट सुरुवात गरेको यात्रामा २४ बर्ष लामो लगानी र ससत्र दोन्दको बेला २१ जनालाई आफूसंग भुमिगत बनाएर पार्टी बनाउने जगमा आफ्नो अतुलनीय योगदान रहेपनि पार्टीले आफ्नो आधार बिर्सेर बरालिएको बेला आफू यो अवस्थामा म त्यो पार्टीको ब्यक्ति हुँ भनेर परिचय दिन पनि लज्जा बोध हुने हुनाले आफूले पार्टी परित्याग गरेको उहाँको धारणा प्रकट गर्नुभयो ।

बिज्ञापन

नेकपा माओवादी परित्याग गरिसकेपछि अब कुन पार्टी अंगाल्नु हुन्छभने सोध्द्धा उहाँले भन्नुभयो– लगत्तै कुनै अन्य पार्टीमा प्रवेश गर्ने आफ्नो कुनै मानसिकता नरहेको पनि थापाले आफ्नो धारणा बताए । तर आफ्नो स्वतन्त्र उम्मेद्बारी भने रहन सक्ने सम्भावना बताए ।

बिज्ञापन