आस्था /आध्यात्म

नजानेर गरिएको पूजाको कुनै सार्थक हुँदैन– नवल सिंह बोहरा

बिज्ञापन

टीकापुर, १० बैशाख । सन्त निरंकारी मिशनका ज्ञान प्रचारक नवल सिंह बोहराले बिना जानेर गरिएको पूजाको कुनै सार्थक हुँदैन बताउनुभएको छ । टीकापुर सत्संग भवनमा मानव एकता दिवसको अवसरमा आयोजित एक वृहत सत्संग कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । उहाँले यदि भगवानलाई जानेर पूजा गर्छौ भने त्यो पूजाले हाम्रो जीवन फलदायी बन्न जान्छ । भगवानको सही जानकारी पाउन सत्गुरुको शरणमा आउनु पर्ने हुन्छ । सत्गुरुले नै हामीलाई यस निराकार–ईश्वरको साक्षात दर्शन गराएर हाम्रो भक्तिलाई प्रबल गर्नु हुन्छ ।

बिज्ञापन

उहाँले संसारिक रुपमा गरिने पूजाको बारेमा प्रष्ट पार्दै भन्नुभयोकि कुनै व्यक्तिले राति हुँदा कपासको बत्ती बालेर त्यसलाई हात जोडेर नमस्कार गरयो, त्यो गरेको देखेर कुनै उत्सुकले सोध्योकि हजूरले दियो बाल्नुभयो उज्यालो भयो तर हजूरले नमस्कार गर्नुभयो । मैले एउटा कुरा बुझ्न सकिन, तपाईले हात जोडेर कसलाई नमस्कार गर्नुभयो ? हजूरले त्यस आगोलाई नमस्कार गर्नुभयो वा त्यस दियोको बातीलाई नमस्कार गर्नुभयो वा दियोको तेललाई नमस्कार गर्नुभयो वा त्यस दियोलाई नमस्कार गर्नुभयो मैले यो कुरा बुझेनभन्दा दियो बाल्ने मान्छे अकमकाएर भन्नथाल्यो, यो हाम्रो पहिलेदेखिको चलन हो । पछि त्यस उत्सुक व्यक्तिले सम्झाउँदै भन्योकि कुनैपनि कुरालाई नबुझेर गरेको कार्यबाट मनमा कुनै शान्ति वा आनन्द आउँदैन । ती सामान हाम्रो घरमा पहिलेदेखि नै थिए । हजूरले दियो जलाउँदा हामीले एक–अर्कालाई देख्न सक्यौं, काम गर्न सजिलो भयो तर यहाँ नमस्कार कसलाई गर्नुभयो त्यो जान्नु जरुरी छ । यस रहस्यलाई सबैले त्यसै जान्न सक्दैन त्यसको लागि सत्गुरुको आवश्यकता पर्दछ । सत्गुरुले सच्चा निराकारको परिचय गराएर त्यसको पूजा गराउनु हुन्छ । बिना नजानेर गरिएको पूजाको कुनै सार्थक हुँदैन । त्यसैले आज हामीमाथि सत्गुरुको अपार कृपा भयो जसको फलस्वरुप यस निराकारको साक्षात दर्शन गर्ने सौभाग्य प्राप्त भयो उहाँले बताउनुभयो ।

सन्त निरंकारी मिशनले मानव एकता दिवस संसारमा किन मनाई रहेको छ त्यसको बारेमा जानरी दिदै उहाँले भन्नुभयो– ‘सबैको घर–घरमा सुख–शान्ति स्थापित होस । रगतको अभावबाट कसैको अकालमा प्राण नजाओस भनेर यस मानव एकता दिवसको अवसरमा ‘रगत नालीमा होइन, नाडीमा बगोस’ भन्ने उद्देश्यले प्रत्येक वर्षमा मानव एकता दिवस मनाईने गरिन्छ । संसारका विभिन्न निरंकारी सत्संग भवनमा रक्तदान शिविरको आयोजना गरेर सन्त–भक्तहरुले स्वइच्छाले रक्तदान गर्दै आइरहेका छन् । प्रत्येक वर्ष २४ अप्रेल कहिले आउँला र हामी धेरैभन्दा धेरै रक्तदान गर्न पाउला भनेर उनीहरु पर्खाइमा रहेका हुन्छन् । त्यसो त आवश्यक परेको बेलामा कुनै संकट आइपरेको अवस्थामा सन्त निरंकारी मिशनले रक्तदान शिविरको आयोजना गरेर रगतको परिपूर्ति गर्दै आइरहेको’ उहाँले बताउनुभयो । यो किन मनाउन थालियो त्यसको बारेमा उहाँले बिस्तृत रुपमा उल्लेख गर्नुभएको थियो ।

उहाँले अगाडि भन्नुभयो– ‘सात सितारा र राजमाता जीको बिन्तिका साथै सत्गुरु बाबा गुरबचन सिंह जीको आदेशबाट बाबा हरदेव सिंह जी गुरुगद्दीमा आसिन भएर निरंकारी मिशनको बागदोर सम्भाल्नुभयो । बाबा हरदेव सिंह जी गुरुगद्दीमा आसिन हुँदा साथ प्रतिशोधका भावना भएका सन्तहरुलाई सम्झाउँदै भन्नुभयो कि बाबा गुरबचन सिंह जीलाई सच्चा श्रद्धाञ्जली दिन चाहन्छौभने ‘हामीले रगतलाई खोलामा नबगाएर मानवको जीवन बचाउने हेतुले उनीहरुको नाडीमा बगाउनु पर्छ’ भन्ने आदेश आएबाट सबै सन्तहरुले यस बचनलाई शिरोधार्य गरेर यस मानव एकता दिवसको अवसरमा संसारका विभिन्न ठाउँमा रक्तदान शिविरको आयोजना भएको उहाँले बताउनुभयो ।

निराकारको श्रृजना चौरासी लाख योनिका जतिपनि प्राणीहरु छन् जो आँखाले देखिन्छन् वा देखिदैनन् ती सबै प्राणीहरुमा यस निराकारको बास रहेको छ । ती सबै निराकारका अंश हुन । यसको उपस्थिति बिना कुनैपनि प्राणी यस संसारमा बाँच्न सक्दैन । आज यसको अनुभूति हामीलाई सत्गुरुले गराउनु भयो । त्यसैले सबैमा ईश्वरको अंश देखेर तिनीहरुसंग प्रेम गर्नु पर्दछ । मानव जीवन सत्गुरुको आदेशमा चलेको छ । मानव योनिलाई सफल पार्नको लागि सत्गुरुको आदेश अनुसार आफ्नो जीवनलाई डो¥याउनु पर्ने भन्नुभयो ।

टीकापुरमा आयोजित सत्संग कार्यक्रममा टीकापुर भवनका मुखी महादेव भण्डारी, सेवादल संचालक बजिर सिंह सार्की, लाल बहादुर रावल, लक्ष्मी, चेतना रेग्मी, यसोदा, प्रविण, डिक्रा, मनोज भण्डारी, बसन्ती, गगन, भूमिका, विवेक बटाला, हरिकला, बल बहादुर रावल, भगवती, मोति सिंह, डम्बर साउँद, नेपाल मिडिया प्रभारी दीपक रावल, जानकी देवी रावल आदि सन्त–महापुरुषहरुले भक्ति गीत तथा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव प्रकट गरेका थिए भने कार्यक्रमको संचालन सेवादल प्रकाश ठकुल्लाले गर्नुभएको थियो । मानव एकता दिवसको अवसरमा रक्तदान शिविरको पनि आयोजना गरिएको थियो जसमा ४० यूनिट रगत संकलन गरिएको थियो ।

बिज्ञापन