राजनीति

काँग्रेस प्रदेश उप सभापति सहित तुर्माखादमा ५० जना एमालेमा प्रवेश

बिज्ञापन

अछाम । अछामको तुर्माखाद गाउँपालिका नेपाली काँग्रेसका प्रदेश (क) का उपसभापति वडा न ४ का वडा सभापति सहित ५० जना क्रियाशील सदस्यहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बिज्ञापन

पार्टीको जिल्ला नेतृत्वले टिकट वितरणमा कार्यकर्ता तथा जनताको भावना विपरीत आफ्नै ढङ्गले वितरण गरेपछि आजका दिन देखी नेपाली काँग्रेसको कुनैपन पदमा नरहने भन्दै संयुक्त रूपमा राजीनामा समेत दिएका छन् ।

नेपाली काँग्रेस पार्टी परित्याग गरेका नेता तथा कार्यकर्ताहरू आजै एमाले तुर्माखाद गाउँकमीटीले आयोजना गरेको कार्यक्रममा प्रवेश गरेका नेकपा एमाले अछामका उपसचिव तथा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार डम्बर बिसीले जानकारी दिनुभएको छ ।

पार्टी प्रवेश कार्यक्रममा क्षेत्रीय प्रदेश (क)का उपसभापति कर्ण बहादुर बयक, पूर्व जिल्ला कार्यसमिति सदस्य डिल बहादुर बयक, पूर्व गाउँपालिका संयोजक टेक बहादुर बयक, तुर्माखाद गाउँपालिका वडा न ४ का वडा सभापति चक्र बहादुर बयक, खडक बहादुर बुढा, उज्ज्वल बयक, गोकर्ण बिसी, सरस्वती बयक,शेर बहादुर बुढा, लगायतका ५० जना प्रवेश गरेका बताइएको छ ।

पार्टी प्रवेश गरेका नेताहरूले नेपाली काँग्रेसबाट पालिकाको विकास सम्भव नभएको र पार्टी भित्र व्यापक रूपमा विकृति, विसङ्गति मौलाएको भन्दै अबका मितिबाट एमाले बाट सक्या राजनीति गर्ने प्रतिबद्धता जनाएका छन् ।

अहिले देशभर नेकपा एमालेमा देखिएको प्रवेशको लहरलेपनि आफुहरु हौसिएको प्रवेशी नेताहरूको भनाई छ ।

नेकपा एमाले तुर्माखाद गाउँपालिकाले नेपाली काँग्रेस परित्यागरि नेकपा एमालेमा प्रवेश भएका अगुवा नेताहरू सँगै करिब ३ सय भन्दा बढी मतदाता एमालेमा थपिएको दाबी गरेको छ ।

यो प्रवेशले तुर्माखाद गाउँपालिकामा नेकपा एमालेको जित सुनिश्चित गरेको नेकपा एमाले तुर्माखाद गाउँपालिका अध्यक्ष गौमती शाहीले बताउनुभयो ।

एकै पटक ५० जना बढी अगुवा नेताहरू एमालेमा प्रवेश गरेपछि तुर्माखाद गाउँपालिकामा नेपाली काँग्रेसलाई ठुलो धक्का लगेको छ ।

बिज्ञापन