राजनीति

गठबन्धनलाई बागी उम्मेदवारको पिरलो

बिज्ञापन

काठमाडौ । गठबन्धन गरेर निर्वाचनमा होमिने पाँच दलीय गठबन्धनको प्रयासलाई स्थानीय नेताहरूले चुनैति दिएका छन् । कांग्रेसका केही स्थानीय तहका नेताहरूले केन्द्रको निर्णय विपरित महानगर मै बागी उम्मेद्वारी दिएपछि गठबन्धनमा चुनैति थपिएको हो । त्यत्तिमात्र नभएर गठबन्धनको निर्णय विपरित केहि स्थानीय तहमा गठबन्धन टुटेको छ । भागवण्डामा सहमति नभएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले एक्ला एक्लै उम्मेदवारी दर्ता गराएका हुन् ।

बिज्ञापन

पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका ३ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन । केन्द्रको निर्णय विपरित उनीहरूले बागी उम्मेद्वारी दिएका हुन् । त्यसो त पोखरा महानगर नेकपा एकीकृत समाजवादीको पोल्टामा परेको थियो । तर, सोमबार नेपाली कांग्रेसका नेता नन्दूप्रसाद तिवारीले मेयरमा उम्मेदवारी दिएपछि कांग्रेसबाट मेयरमा उम्मेदवारी दिनेको संख्या ३ पुग्यो ।

सत्तारुढ दलहरुबीच महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार भागवण्डाका क्रममा पोखराको मेयर पद नेकपा एकीकृत समाजवादीलाई र उप–मेयर नेपाली कांग्रेसको भागमा परेको थियो । गठबन्धनको उक्त निर्णयले पोखराका नेता कार्यकर्ताहरु असन्तुष्ट थिए । त्यसो त मेयरमा बागी उम्मेदवारी दिने तिवारी देउवा समूहकै कास्कीका नेता हुन । तर, नेपाली कांग्रेसले भने बागी उम्मेद्वार नबन्न र गठबन्धनको निर्णय मान्न सचेत गराईरहेको भएपनि नेताहरू बागी बन्न तयार भए ।

त्यस्तै कांग्रेसबाटै आइतबार विमलबहादुर कार्की र सोमबार ऋषि सापकोटाले पनि पोखरा महानगरको मेयरमा उम्मेदवारी दिएका छन् । त्यस्तै भरतपुर कांग्रेस पनि केन्द्रको निर्णय विरुद्ध अभिएको छ । महानगरपालिकामा कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले मनोनयन पत्र दर्ता गरेसँगै केन्द्रको निर्णय विरुद्ध भएका हुन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच भरतपुरको मेयर नेकपा माओवादी केन्द्रले पाउने सहमति भएको थियो ।

समहति अनुसार चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले सामबार मेयर पदमा उम्मेदवारी दर्ता पनि गराएकी छिन् । तर, उक्त सहमतिको विपक्षमा रहेका कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले छुट्टै उम्मेदवारी दर्ता गराएपछि गठबन्धनमा संन्त्रास मात्र फैलिएको छैन् नेताहरूलाई विश्वास गर्ने अबस्था समेत गुमेको छ ।

त्यसो त सहरी विकास मन्त्री समेत रहेकी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रिले गठबन्धन सन्तोषजनक र सम्मानजन नभएको भन्दै आइतबार मध्यरात मै असन्तुष्टि व्यक्त गरेकी थिईन । उनले गठबन्धनका दलहरूको बिचमा हार्दिकतापूर्ण वातावरण बनाउन नसकेको र केही नेताहरूमा दम्भ देखिएको भन्दै गठबन्धनमा असन्तुष्टि मौलाएको भाव बोकेको स्टाटस लेखेकी थिईन ।

स्थानीय तहको निर्वाचनमा म्याग्दीको एक स्थानीय तहबाहेक अन्यमा सत्ता गठबन्धनबीच चुनावी तालमेल हुन सकेन । त्यस्तै कास्की र पर्वतमा पनि केहि स्थानीय तह बाहेकमा गठबन्धन बन्न सकेन । भरतपुर, सुर्खेत, पश्चिमरुकुम, कणालीका ८ जिल्लामा पनि गठबन्धन बन्न सकेन । त्यस्तै प्रदेश एकको पनि अबस्था त्यस्तै छ ।

भागवण्डामा सहमति नभएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले एक्ला एक्लै उम्मेदवारी दर्ता गराएका हुन् । स्थानीय तहका नेताहरूले केन्द्रको निर्णय लत्याएसँगै अब मतदान गर्ने दिन पनि घात अन्तरघात हुन सक्दैन् भन्ने अबस्था नभएको विश्लेषण पनि गर्न थालिएको छ ।

बिज्ञापन