राजनीति

पूर्वराजा ज्ञानेन्द्र शाहले पाए सुनचाँदी तथा बहुमूल्य रत्न जडीत श्रीपेच र राजदण्ड

बिज्ञापन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले श्रीपेच र राजदण्ड उपहार पाएका छन् । उनलाई आइतबार झापाको चन्द्रगढी विमानस्थलमा सुनसरीका एक सुनचाँदी व्यवसाीले सो उपहार दिएका हुन् ।

बिज्ञापन

इटहरी स्थित नेपाली गहनाको डिजाइन तथा सुनचाँदी व्यवसाय गर्दै आएका कर्णबहादुर विश्वकर्माले पूर्वराजा शाहलाई आफैंले बनाएको बहुमूल्य रत्न जडीत श्रीपेच र राजदण्ड उपहार दिएका हुन् ।

विश्वकर्माले कोरोनाको समयमा भएको लकडाउनमा ३ महिना लगाएर सुन, चाँदी, मोती तथा बहुमूल्य रत्न लगायत जोडर सो सामान बनाएका थिए ।

बिज्ञापन